तन्वी दासमाथि कानुनी कारबाही गर्छु : राजु विष्ट

0
1548
समथारमा सांसद विष्टलाई स्वागत जनाउँदै मानिसहरू।

कालेबुङ, 22 अक्टोबर : ‘गोर्खाहरू अनुप्रवेशकारी हुन्। उनीहरूलाई निकाल्नुपर्छ’ भन्ने तृणमूल कङ्ग्रेस समर्थकमाथि कानुनी कारबाही गर्ने सांसद राजु विष्टले बताएका छन्।

कालेबुङको सिञ्जीस्थित भक्तिमाया प्राथमिक पाठशालाको स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गइरहेका विष्टले समथारमा संवाद माध्यमसँग कुराकानीअवधि यस्तो बताएका हुन्।

‘म भोलि दिल्ली फर्किनेछु। त्यसपछि सबैभन्दा पहिला उनलाई कानुनी नोटिस पठाउँछु’, उनले थपे, ‘उमाथि म कानुनी कारबाही गर्नेछ। साथै यो कुरालाई म संसदमा पनि उठाउँछु।’

विष्ट थपे, ‘उनले सबैभन्दा पहिला गोर्खाको इतिहास पढ़्नुपर्छ। गोर्खाको इतिहास नपढ़ीकनै गोर्खाहरू घुसपैठी हुन् भन्ने जुन बयान दिएकी छन्, त्यसको म भर्त्सना गर्छु। भाजपाले पनि भर्त्सना गर्छ।’

उनका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरू भारतका वीर जाति भनिसकेपछि तन्वीजस्ता मानिसहरू विदेशी हुन् भन्दा केही फरक नपर्ने भए तापनि यसरी जेसुकै बोल्न भने पाइँदैन।

उनले लोकतन्त्रमा विरोध गर्ने सबैलाई अधिकार रहेको भए तापनि चाहिँदो कुरामा र कारणअनुसार विरोध गर्नुपर्ने पनि बताए। विष्टको यस भनाइको सोझो सङ्केत विनयपन्थी गोजमुमोप्रति थियो।

‘मैले गोर्खाको सपना भनेको थिएँ। तपाईंहरू नआतिनुहोस्, समय लाग्छ। तर 2024 मा जिताउनुहोस् पनि भन्दिनँ’, विष्टले जनतालाई आश्वस्त पारे, ‘समय लाग्छ, तर त्योभन्दा अघि नै म निष्कर्ष निकाल्नेछु। जुन स्थायी राजनीति समाधानको कुरा गरेको छु, त्यो गोर्खाकै सपना हो। त्यो म पूरा गरेरै देखाउँछु।’

अर्कोतिर उनले गोर्खा समुदायका 11 जातगोष्ठीले जनजातिको मान्यता अवश्यै पाउने ठोकुवा गरे। 11 जातगोष्ठीको जनजातिको मान्यताका लागि आफू लगातार लागिपरेको पनि विष्टको दाबी छ।

अर्कोतिर विष्टले विनयपन्थी मोर्चामाथि कटाक्ष गर्दै तन्वी दासको पुतला जलाउने सुझाए। साथै विनयपन्थी मोर्चामा सहभागीहरू धेरजसो करकार र बाध्यताले सामेल भइरहेको पनि बताए।

‘आफूले गल्ती गर्छन् फेरि आफै पुतला जलाउँछन्, त्यो त लाजमर्दो कुरा भयो नि’, विष्टले थपे, ‘उनीहरूले मेरो जति विरोध गर्छन्, उति म उनीहरूलाई माया गर्छु। किनभने उनीहरू पनि हाम्रा दिदी-बहिनी, दाजु भाइ हुन्। उनीहरू बाटो भट्केका मात्र हुन्। यसैगरी उनले ‘एनआरसीलाई लिएर तृणमूल सरकारले भ्रममा पार्ने कुरा गरिरहेको छ’, उनले थपे, ‘जनजातिको मान्यता पाएपछि यो एनआरसीको कुरा पनि सकिनेछ

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here