सांसदमाथि हमलाका ६ आरोपीद्वारा आत्मसमर्पण, जमानतमा रिहा

0
1125
कालेबुङ अदालतमा आत्मसमर्पण गर्ने आरोपीहरू।

कालेबुङ, २६ अक्टोबर : २२ अक्टोबरको दिन कालेबुङको सिञ्जीनजिक मन्दिर खोलामा सांसद राजु विष्टमाथि भएको हमलाका आरोपीहरूमध्ये ६ जनाले शनिवार कालेबुङ अदालतमा आत्मसमर्पण गरेका छन्।

आत्मसमर्पण गर्नेहरूमा विनय घिसिङ, अमिर बस्नेत, गायत्री मुखिया, डेनिस भुजेल, डानियल लेप्चा र विनोद राई छन्। उनीहरू सबै विनयपन्थी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोजमुमो)-का कार्यकर्ताहरू हुन्।

जानकारीका अनुसार उनीहरूले आत्मसमर्पण गरेपछि आज जमानतमा मुक्त बनेका छन्।

उल्लेखनीय छ, सिञ्जीस्थित भक्तिमाया प्राथमिक पाठशालाको  स्वर्ण जयन्तीमा सहभागी हुन गइरहेका सांसद विष्टको लश्कमाथि सिञ्जी पुग्न केहीअघि मन्दिर खोला भन्ने ठाउँमा हमला भएको थियो। यो हमलाको आरोप विनयपन्थी गोजमुमो कायर्कर्ताहरूमाथि लागेको थियो।

यसका साथै त्यसै दिन सांसद राजु विष्टले विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला कमिटीका शीर्ष पदाधिकारीसहित ९०-१०० जना कार्यकर्तामाथि प्राथमिकी दर्ता गर्दै आरोपीहरूलाई पक्राउ गर्नपर्ने माग गरेका थिए।

विष्टद्वारा दर्ता प्राथमिकीमा आज कालेबुङमा आत्मसमर्पण गर्ने यी ६ आरोपीलगायत भुवन पी, खनाल, युवा मोर्चा इमान चामलिङ, सञ्चवीर सुब्बा, रुदेन लेप्चा, विदुर राईलगायत अन्यको नाम पनि सामेल थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here