श्रीनगरमा ग्रेनेड हमला, १५ नागरिक घाइते

0
1143
जम्मू-कश्मीरको भ्रमणमा आएका युरोपियन युनियनका सांसदहरू सोमवार प्रधानमन्त्रीसँग।

श्रीनगर, २८ जनवरी : जम्मू-कश्मीरको सोपोरमा आतङ्कीले ग्रेनेड हमला गरेको छ। जानकारीका अनुसार आतङ्कीहरूले सुरक्षा बललाई लक्षित गरी ग्रेनेड फ्याँकेका थिए। यस हमला ग्रेनेडमा १५  नागरिक घाइते भएका छन्, जसमा एक महिला पनि सामेल छन्। तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

हमला सोपोरको होटल प्लाजानजिक भएको बताइएको छ। जानकारीका अनुसार यो हमला अपराह्न ४.१५ बजे भएको हो। सीआरपीएफका जवानहरू घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरी हमलाकारी आतङ्कीहरूको खोजीकार्य शुरु गरेको छ।

यो हमला युरोपियन युनियनका सांसदहरूको श्रीनगर भ्रमणभन्दा ठीक एकदिन भएको छ। उल्लेखनीय छ, कड़ा सुरक्षा व्यवस्थाबीच पनि उपत्यकामा आतङ्की पुनः सक्रिय भएको छ। लक्ष्मीपूजाको ठीक एकदिन अर्थात् २६ अक्टोबरको दिन पनि श्रीनगरमा सीआरपीएफका जवानहरूमाथि आतङ्कीहरूले ग्रेनेड हमला गरी चम्पट कसेका थिए। उक्त हमलामा श्रीनगरको करन नगरस्थित काकासराएमा भएको थियो, जसमा ६ जवान घाइते भएका थिए।

त्यसैगरी २४ अक्टोबरको दिन पनि यस्तै एक घटना प्रकाशमा आएको थियो। आतङ्कीहरूले कुलगामस्थित सीआरपीएफको क्याम्पमा ग्रेनेड फ्याँकेका थिए। यो हमलामा एक जवान घाइते भएका थिए।

स्मरणरहोस्, आज भएको ग्रेनेड हमला युरोपियन संसदका २७ सांसदको जम्मू-कश्मीर भ्रमणभन्दा ठीक एकदिन अघि भएको छ। भोलि अर्थात् मङ्गलवार युरोपियन संसदका सांसदहरूको एक प्रतिनिधिमण्डलले जम्मू-कश्मीरको भ्रमण गर्नेछन्। सोमवार उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरी कश्मीरलाई लिएर चर्चा गरे। यद्यपि यो भ्रमण उनीहरूको आधिकारिक भ्रमण भने होइन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here