टोल ट्याक्स सड़क मरम्मतीका लागि होइन, तर पार्टी फण्डका लागि उठाउन शुरु गरिएको हो : जिम्बा

0
2843
विधायक नीरज जिम्बा।

दार्जीलिङ, २ नोभेम्बर : गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले पुनः रोहिणी रोडमा टोल ट्याक्स उठाउन शुरु गरेपछि दार्जीलिङका विधायक नीरज जिम्बाले यसको तीखो शब्दमा निन्दा गरेका छन्।

‘जीटीए २-मा फर्केपछि लगत्तै आफैहरूले बन्द गरेको रोहिणी टोल ट्याक्स फेरि उनीहरूले नै किन शुरु गरेका हुन्?’, उनले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै थपे, ‘जीटीए-२-काहरूले टोल ट्याक्स सड़क मरम्मतीका लागि होइन, तर पार्टी फण्ड थुपार्नका लागि उठाउन शुरु गरेका हुन्।’

टोल ट्याक्सबाट उठेको पैसाले जीटीए २ ले रोहिणी रोडको मरम्मती गर्छ भन्ने कुरामा पनि जिम्बाले शङ्का गरेको छ। साथै रोहिणी रोड मरम्मतीका लागि टोल ट्याक्स नै उठाउनु पर्छ भन्ने अनिवार्य नै नरहेको उनको भनाइ छ।

संसारका जुन कुनै पर्यटनस्थलमा पर्यटकहरूका लागि प्रवेश निःशुल्क गरिएको जिम्बाको तर्क छ। ‘दार्जीलिङका लागि आयआर्जनको बलियो उद्योग भनेकै पर्यटन उद्योग हो। चिया उद्योग त छ, तर यो मरणासन्न अवस्थामा पुगिसकेको छ’, विधायकले थपे, ‘यसैले ठाउँ-ठाउँमा शुल्क उठाइँदा दार्जीलिङको पर्यटन उद्योगमा नै नराम्रो असर पर्नेछ। दार्जीलिङ घुम्न आउने पर्यटकहरूलाई हामी जति सहज र राम्रो माहोल सिर्जना गर्नेछौं, पहाड़को पर्यटन व्यवसाय उति फस्टिँदै जानेछ।’

टोल ट्याक्सबाट उठेको पैसाले जीटीएले रोहिणी रोडको मरम्मती गर्छ भन्ने कुरामा पनि जिम्बाले शङ्का गरेको छ। साथै रोहिणी रोड मरम्मतीका लागि टोल ट्याक्स नै उठाउनु पर्छ भन्ने अनिवार्य नै  नरहेको उनको भनाइ छ।

‘अहिलेसम्म अवैध रूपले राज्यको दयामायामा जीटीए-२ सञ्चालन गरिरहेकाहरूले कहाँ र कतिसम्म पैसाको सदुपयोग गरेका छन् र? फेरि राज्यसँग राम्रो सम्बन्ध छ भन्नेहरूले रोहिणी रोडको मरम्मतीका लागि टोल ट्याक्स उठाइरहने आवश्यकता नै छैन’, दार्जीलिङका विधायक नीरज जिम्बाले भने।

जीटीए-२-को सत्ता सञ्चालन गरिरहेकाहरूले टोल ट्याक्सबाट उठेको पैसा सड़क मरम्मतीको सट्टा पार्टी विस्तारका लागि नराम्रा कुराहरूमा खर्च गर्ने जिम्बाको गम्भीर आरोप छ।

‘यो रोड गोरामुमो अध्यक्ष एवं संवैधानिक दागोपापका अध्यक्ष सुवास घिसिङको सुन्दर परिकल्पना र ठोस विकासको प्रतिफल हो। अहिले यो रोड दार्जीलिङकै जीवन-रेखा बनेको छ। यसैले टोल ट्याक्स अविलम्ब उठाउनुपर्ने मेरो माग छ। यसविरुद्ध म सम्बन्धित निकायसमक्ष पत्राचार पनि गर्नेछु’, उनले थपे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here