मेरो फोन ट्याप गरिएको छ : ममता

0
1496
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, ३ नोभेम्बर : पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनको फोन ट्याप गरिएको आरोप लगाइएकी छन्। शनिवार राज्य सचिवालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन्। उनी छठपूजाको अवसरमा पत्रकारहरूलाई सम्बोधन गरिरहेकी थिइन्।

ममताको दाबीका अनुसार फोन ट्याप गरिएको आरोपलाई साबित गर्नका लागि उनीसँग प्रमाण पनि छ। ‘मेरो फोन ट्याप गरिएको छ। मलाई थाह छ’, उनले भनिन्, ‘मैले यसबारे जानकारी पाएको छु। मसँग यसको प्रमाण पनि छ।’

एक प्रश्नको उत्तरमा ममताले केन्द्र सरकार र भाजपा नेतृत्व दुई-तीन राज्य सरकारको इसारामा नै उनको फोन ट्याप भइरहेको आरोप पनि लगाइन्। यद्यपि उनले ती राज्यहरूको नाम भने बताइनन्।

‘म राज्यहरूको नाम लिँदिन। तर, यी सबै भाजपाशासित राज्य हुन्’, उनले भनिन्। मुख्यमन्त्री ब्यानर्जीले यो मामिलाबारे प्रधानमन्त्रीले संज्ञान लिएर जाँच गराउनुपर्ने माग पनि गरेकी छन्।

‘संविधानले हामीलाई स्वतन्त्रता दिएको छ। तर, स्वतन्त्रता कहाँ छ?’, ममताले थपिन्, ‘हामी कुराकानी गर्नका लागि पनि स्वतन्त्र छैनौं।’

‘पहिला ल्याण्डलाइन ट्याप भयो। त्यसपछि मोबाइल र अहिले त वाट्सएप पनि सुरक्षित छैन। मेरा कुरा कसैले सुनिरहेको मात्र छैन, तर रेकर्ड पनि गरिरहेको छ। यो अत्यन्त गम्भीर मामिला हो। म चाहन्छु, प्रधानमन्त्रीले यस मामिलाको जाँच गराउन्’, तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्रीले भनिन्।’

अर्कोतिर भाजपा नेता कैलाश विजयवर्गीयले ममताको आरोपलाई गर्नका साथै ममता ब्यानर्जीले नै राज्यका विपक्षी नेतासहित आफ्नै दलका नेताहरूको समेत फोन ट्याप गराएको आरोप लगाएका छन्।

विजयवर्गीयले भनेका छन्, ‘उनले (ममताले) पहिला आफ्नो राज्यलाई हेरुन्। बङ्गालमा कानून-व्यवस्थाको कुनै नामै छैन। राजीव कुमार (कोलकाताका पूर्व पुलिस आयुक्त)-जस्ता अधिकारीहरूले जासुसीका लागि पूर्ण सेटअप लगाएका थिए। पुलिसले राज्यका विपक्षी नेताहरू मात्र होइन तर सत्तापक्षका नेताहरूको पनि फोन ट्याप गरिरहेको छ।’  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here