दिल्लीमा प्रदूषण चरममा, प्रियङ्का चोपड़ा चिन्तित

0
1596

दिल्ली तथा एनसीआर क्षेत्रमा बढ़्दो प्रदूषणलाई लिएर अभिनेत्री प्रियङ्का चोपड़ाले चिन्ता व्यक्त गरेकी छन्। नेटफ्लिक्स फिल्म ‘द वाइट टाइगर’-को सुटिङका लागि अहिलेघरी उनी दिल्लीमै छिन्।

यसैले दिल्ली-एनसीआरमा बढ़्दो प्रदूषणलाई प्रियङ्काले पनि झेलिरहेकी छन्। प्रियङ्काले सोशल मिडिया इन्स्टाग्राममार्फत् दिल्लीमा भयानक बनेको प्रदूषणमाथि चिन्ता व्यक्त गरेकी हुन्।

इन्स्टाग्राममा प्रियङ्काले आफ्नो एक तस्वीर शेयर गरेकी छन्। उक्त तस्वीरमा उनले आँखामा चश्मा र मुखमा मास्क लगाएकी छन्। फोटोको क्याप्सनमा यी अभिनेत्रीले लेखेकी छन्,-‘द वाइट टाइगर’-को सुटिङको दिन। यो शहरमा सुटिङ गर्नु अहिलेघरी धेरै गाह्रो भइरहेको छ।

उनले थप लेखेका छन्, ‘यस्तो अवस्थामा मानिसहरू यहाँ कसरी बसिरहेका छन्, बुझ्नै सकेको छुइनँ। धन्न हामीसँग एयर प्युरिफायर र मास्कजस्ता सुविधा छन्। गरीब र घर नभएकाहरूका लागि प्रार्थना गरौं। तपाईं सबैले आफ्नो ध्यान राख्नुहोला।’

स्मरणरहोस्, ‘द वाइट टाइगर’-मा प्रियङ्का चोपड़ा र राजकुमार राव मुख्य भूमिकामा छन्। प्रियङ्काको पछिल्लो फिल्म  ‘द स्काई इज पिङ्क’ थियो। यो फिल्ममा उनीसँग फरहान अख्तर प्रमुख भूमिकामा थिए। यद्यपि यो फिल्म बक्स अफिसमा ‘फ्लप’ रह्यो। सोचेजस्तो कमाई गर्न सकेन।

उल्लेखनीय छ, दिल्ली-एनआरसीमा अहिलेघरी वायु प्रदूषण चरममा पुगेको छ। एकप्रकारले आपातकालजस्तै अवस्था सिर्जना भएको छ।

दिल्ली-एनआरसी क्षेत्रमा फैलिएको ‘स्मक’ (धुवाँ)-ले मानिसहरूको आँखा र श्वास-प्रश्वासमा समस्या देखिने गरेका छन्। केहीजसो मानिस घरबाट बाहिर निस्कन डराइरहेका छन्। सोमवार बिहान पनि वायु प्रदूषण उस्तै डरलाग्दो रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here