अटो ड्राइभरले १३ वर्षीय छात्रासँग दुष्कर्म गरेको आरोप

0
1051
साङ्केतिक तस्वीर (साभार-इन्टरनेट)

सिलगढ़ी, ३ नोभेम्बर: बाघडुग्रास्थित एक सरकारी विद्यालयकी १३ वर्षीय छात्रासँग एक अटो ड्राइभरले दुष्कर्म गरेको घटना प्रकाशमा आएको छ। यो घटना सोमवार रातिको हो। ती किशोरी छात्रासँग दुष्कर्म गरी अटो ड्राइभर चम्पट कसेका छन्।

यसबारे पीड़ित छात्राका परिवारपक्षले मतिगढ़ा थानामा उजुरी दर्ता गरेका छन् भने ती अज्ञात अटो ड्राइभरविरुद्ध मतिगढ़ा पुसिसले पोक्सोअन्तर्गत मुद्दा दर्ता गरी खोजी कार्य शुरु गरेको हो।

पीड़ितका अनुसार उनलाई ती अटो ड्राइभरले मतिगढ़ा चियाकमान लगेर उनीसँग दुष्कर्म गरे। आज बिहानले पीड़ित छात्राले आफ्नोसँग भएको कुकृत्यबारे परिवारलाई जानकारी गराएपछि परिवारले मतिगढ़ा थानामा लिखित उजुरी दर्ता गरेका हुन्।

‘हामी हिजो राति सिटी सेन्टरनजिक बस पर्खेर बसिरहेका थियौं। त्यसैबेला एउटा अटो आएर हाम्रोअघि रोकियो। अटो ड्राइभरले हामीलाई अटोमा चढ़्न भनेपछि हामी चढ़्यौं’, पीड़िताले भनिन्, ‘केही पर पुगेपछि मेरा अन्य साथीहरूलाई अर्कै अटोमा जान भनी ओराले। त्यसपछि म र मेरा भाइलाई मतिगढ़ा चियाकमानमा लिएर गए।’ पीड़िताका अनुसार ती अटो ड्राइभर त्यहाँ नै उनीसँग दुष्कर्म गरेको हो।

पीड़ित छात्रा बाघडुग्राको हो-ची-मिननिवासी हुन्। जानकारीका अनुसार हिजो उनी आफ्नो १० वर्षे भाइ र अन्य चारजना साथीसँग सिटी सेन्टर घुम्न गएकी थिइन्। घर फर्किने क्रममा यो घटना भएको बताइएको छ। उनका अनुसार दुष्कर्म गरेपछि अटो ड्राइभर त्यहाँबाट भागेका छन्।

पीड़ि छात्राले थप बताएअनुसार घटनापछि उनीहरू जसोतसो राति नै एशियन हाइवेसम्म आउन सफल भएका थिए। त्यसपछि एक अपरिचित मानिसले उनी र उनका भाइलाई आफ्नो घर लगेर वास दिएका थिए।

जानकारीका अनुसार, आज बिहान जब उनका आमा-बाबुले घर आउन ढिलो भएको कारण सोधे, त्यसपछि ती छात्राले हिजो राति आफूमाथि भएको घटनाबारे सविस्तार बताएकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here