डीएचआरले विश्व धरोहरको मान्यता पाएको 20 वर्ष पूरा, महिनाव्यापी कार्यक्रम शुरु

0
970
टोय ट्रेनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कलाकारहरू।

दार्जीलिङ, 6 नोभेम्बरः 1999-मा विश्व धरोहरको मान्यता पाएको दार्जीलिङ सानो रेल दार्जीलिङ हिमालयन रेलवेले बुधवार विश्व विरासतको सूचीमा सामेल भएको दुई दशक अर्थात् 20 वर्ष पूरा गरेको अवसरमा एक कार्यक्रमको आयोजन गर्‍यो।

रेलवे विभागका अनुसार यो विशेष कार्यक्रम आउँदो एक महिनासम्म जारी रहनेछ। आज उद्घाटन कार्यक्रममा टोय ट्रेनमा नै सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। दार्जीलिङ रेलवे स्टेशनमा शुरु भएको पहिलो दिनको कार्यक्रम घूम रेलवे स्टेशन पुगेर समापन भएको थियो। 

1879-1881-मा निर्माण भएको दार्जीलिङ हिमालयन रेलवेलाई 2 दिसम्बर 1999-मा युनेस्कोले विश्व धरोहर स्थलको मान्यता दिएको थियो, जसले 20 वर्ष पूरा गरेको छ।

न्यू एनजेपीदेखि दार्जीलिङसम्म दार्जीलिङ हिमालयन रेलवे को दूरत्व 88.48 किलोमिटर छ।  प्राकृतिक रूपले मनोरम दार्जीलिङलाई टोय ट्रेनले थप सुन्दर बनाएको छ।

 उल्लेखनीय छ, भारतमा तीन स्थानमा हिमालयन रेलवेको सञ्चालन भइरहेको छ, जसमध्ये अन्य हुन् तमिलनाडुमा 46 किलोमिटर दूरीको निलगिरी रेलवे अनि हिमाचल प्रदेशमा 96 किलोमिटरको कालका-शिमला रेलवे।

यसबाहेक सन् 1999-मा विश्व धरोहरको सूचीमा सामेल भएको दार्जीलिङ हिमालयन रेलवे। यीमध्ये सबैभन्दा पहिला निलगिरी रेलवे सञ्चालनमा ल्याउने योजना बनाइएको भए तापनि दार्जीलिङ हिमालयन रेलवे पहिला सञ्चालनमा आएको थियो।

निलगिरीमा रेलवे सेवा शुरु गर्ने योजना सन् 1854-मा नै तयार भएको थियो, तर कठोर पहाड़ी क्षेत्र भएको कारण यस स्थानमा सन् 1891-देखि मात्रै रेलवे सेवा शुरु गर्ने कामको थालनी भएको थियो। यसबेलासम्म दार्जीलिङमा हिमालयन रेलवे सेवा शुरु भएको 10 वर्ष भइसकेको थियो।

यसपछि 19औं शताब्दीको मध्यतिर 96 किलोमिटर कालका-शिमला रेल सेवा पनि शुरु भएको थियो। समग्रमा पहाड़ी क्षेत्रमा रेल सेवा सबैभन्दा पहिला दार्जीलिङमा नै भएको इतिहास साक्षी छ।

जसले समतलदेखि 2,258 मिटरको उँचाइमा अवस्थित घूम रेलवे स्टेशनसम्मको यात्रा गर्ने गरेको छ भने अझैसम्म यो रेलवे सेवा विशेष विदेशी पर्यटकहरूका लागि एउटा विशेष आकर्षणको केन्द्र बनेको छ।

रेलवे विभाग सूत्रले दिएको जानकारीका अनुसार, 1878-मा सिलगढ़ी र कलकतामाझ रेल सेवा शुरु भइसकेको थियो।

त्यसैलाई केन्द्र गरी तत्कालीन इस्टर्न बेङ्गल रेलवेका एजेन्ट फ्रेङ्कलिन प्रेसटिजले बङ्गालका तत्कालीन लेफ्टिनेन्ट गभर्नर एस्ले इडेनसमक्ष सिलगढ़ीदेखि दार्जीलिङसम्म पनि ट्राम वे शुरु गर्ने प्रस्ताव दिएका थिए, जसलाई देखरेख गर्नका लागि लेफ्टिनेन्ट गभर्नर एस्ले इडेनले एउटा कमिटी पनि गठन गरेका थिए।

त्यस कमिटीको अनुमोदनपछि उनले सिलगढ़ीदेखि दार्जीलिङसम्म रेलवे लिक ओछ्याउने अनुमति दिएका थिए।

जसको फलस्वरूप त्यसै वर्ष अर्थात् 1879-देखि सिलगढ़ीदेखि दार्जीलिङबीच रेलवे लिक ओछ्याउने कार्य शुरु गरिएको थियो। जसको काम सन् 1881-मा पूर्ण भएपछि सन् 1910-भित्र दार्जीलिङ रेलवेले 1 लाख 74 हजार यात्रीलाई रोमाञ्चक यात्रा गराउने सफलता पाएको थियो भने 47 हजार टन सामान पनि बोकेको थियो।

जुन रेलवे 80-को दशकको अन्त्यतिर गोर्खाल्याण्डको डरलाग्दो आन्दोलनको कारण करिब 18 महीना बन्द भएको थियो। यद्यपि, यसको 10 वर्षपछि नै अर्थात् सन् 1999-मा दार्जीलिङ हिमालयन रेलवेले विश्व धरोहरको सूचीमा सामेल हुने गौरव प्राप्त गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here