दुष्कर्मको आरोपमा पक्रा परेका कथित साधु । |
गान्तोक, 30 अक्टोबर : मङ्गलवार दक्षिण सिक्किमको जोरथाङ पुलिसले दुष्कर्मको आरोपमा एक 60 वर्षीय कथित् साधुलाई पक्राउ गरेको छ।
जोरथाङ पुलिसका अनुसार पक्रा परेका साधुको नाम गङ्गा दर्जी हो। बालिकालाई दुष्कर्म गरेको आरोपमा पुलिसले यी साधुलाई पक्राउ गरेको हो। पक्रा परेका साधुलाई जोरथाङ पुलिसले पूर्व सिक्किमको रम्फू पुलिसलाई सुम्पेको छ।
घटनाका अनुसार पछिल्लो 24 अक्टोबरको दिन उनीविरुद्ध रम्फू थानामा दुष्कर्मको मुद्दा दर्ता गरिएको थियो। दुष्कर्म गरेपछि यी साधु भागेका थिए भने पुलिसले भागेका यी आरोपी साधुलाई खोजिरहेको थियो। यसै क्रममा आज जोरथाङ पुलिसले उनलाई पक्राउ गरेको हो।