बन्द हुनसक्छ दुई हजारको नोट

0
1739
पूर्व वित्त सचिव सुवास चन्द्र गर्ग (फोटो साभार-इन्टरनेट)।

नयाँदिल्ली, ८ नोभेम्बरः नोटबन्दीपछि प्रचलनमा ल्याइएको दुई हजारको नोट बन्द हुनसक्छ। वास्तवमा पूर्व वित्त सचिव सुवास चन्द्र गर्गले दुई हजारको नोट बन्द गर्नुपर्ने सरकारलाई सुझाउ दिएका छन्।

उनका अनुसार दुई हजारको नोट धेरै चलनमा नरहेकोले यसलाई बन्द गरिँदा धेरै कठिनाइँ हुनेछैन। यसका साथै उनले पब्लिक सेक्टर अन्डरटेकिङको निजीकरणतर्फ पनि सरकारले ध्यान दिनुपर्ने सुझाएका छन्।

उल्लेखनीय छ, गर्गले हिजो अर्थात् ७ नोभेम्बरको दिन ७२ पृष्ठको एक नोट जारी गरेका छन्, जसमा दुई हजारको नोट बन्द गरिनुपर्ने पनि सुझाउ छ। उनका अनुसार भारतको राजकोषीय प्रबन्धन प्रणालीले जुन नियम पालन गर्छ, त्यो सही छैन। यसले घाटाको स्तर बढ़िरहने उनको भनाइ छ।

आफ्नो सुझाउलाई गर्गले सरकारको एक  वरिष्ठ अधिकारीलाई सुम्पिएको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here