छात्रा दुष्कर्मकाण्डमा थप एक आरोपी पक्राउ

0
1060

सिलगढ़ी, ८ नोभेम्बरः बाघडुग्रास्थित एक सरकारी विद्यालयकी छात्रासँग भएको सामूहिक दुष्कर्मकाण्डमा थप एक आरोपीलाई पुलिसले पक्राउ गरेको छ। योसँगै पक्रा पर्ने आरोपीहरूको सङ्ख्या तीन पुगेको छ।

मतिगढ़ा पुलिसका अनुसार आज पक्रा पर्ने आरोपीको नाम आशिष राय (२३) हो। उनी सिलगढ़ीस्थित विधान पल्लीनिवासी हुन्।

अघिबाटै पक्रा परेका दुई आरोपीसँगको केरकारबाट प्राप्त जानकारीको आधारमा मतिगढ़ा पुलिसले तेस्रो आरोपी आशिष रायलाई पक्राउ गर्न सफल भएको बताइएको छ।

उल्लेखनीय छ, मतिगढ़ा पुलिसले बुधवार उक्त दुष्कर्मकाण्डका दुई आरोपी रजत विश्वास र शीष रायलाई पक्राउ गरेको थियो। उनीहरू दुवैलाई हिजो सिलगढ़ी अदालतमा प्रस्तुत गरिएको थियो।

स्मरणरहोस्, आफ्ना साथीहरूसँग सिलगढ़ी सिटी सेन्टर घुम्न गएकी एक छात्रालाई घर फर्किने क्रममा सोमवार अर्थात् ४ नोभेम्बरको राति अटो ड्राइभर र उनका साथीहरूले सामूहिक दुष्कर्म गरेको आरोप उठेको थियो।

यसपछि पीडित परिवारले मतिगढ़ा थानामा यस घटनासम्बन्धमा लिखित उजुरी गरेपछि पुलिसले आरोपीहरूको खोजी कार्य शुरु गरेको थियो। पछि पीडित छात्राको मेडिकल टेस्ट गराउँदा सामूहिक दुष्कर्म गरिएको पुष्टि भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here