एनजीसीद्वारा गोर्खाल्याण्डसहित तीन प्रस्ताव पारित, भिजन डकुमेण्ट-३ रिलिज

0
1325
भिजन डकुमेन्ट रिलिज गरिँदैा।

सिलगढ़ी, १० नोभेम्बरः आइतवार सिलगढ़ीको एक होटलमा बसिएको नेशनल गोर्खाल्याण्ड  कमिटी (एनजीसी)-को सभामा छुट्टै राज्य गोर्खाल्याण्डसहित तीनवटा प्रस्ताव पारित गरेको छ।

बैठकपछि पत्रकारहरूलाई सम्बोधन एनजीसीका अध्यक्ष लेफ्टिनेण्ट जेनरल (सेवानिवृत्त) शक्तिसिंह गुरुङले जानकारी गराएअनुसार बैठकमा पारित गरिएका प्रस्तावका अनुसार २०१४ र १९-मा एनडीए सरकारले गरेको चुनावी वाचाअनुसार चाँड़ोभन्दा चाँड़ो गोर्खाल्याण्डको मागलाई सम्बोधन गरी दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान खोजिनुपर्ने,  भारतको अखण्डता, शान्ति र सुरक्षाका लागि छुट्टै राज्य गोर्खाल्याण्ड चाहने राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधिहरूलाई समावेश गरी बैठक डाकेर स्थायी राजनीतिक समाधानका लागि ठोस पहल थालिनुपर्ने तथा  संविधानको प्रावधानअन्तर्गत छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरिनुपर्ने रहेका छन्।

गुरुङका अनुसार बैठकमा केन्द्र सरकारले जम्मू-कश्मीर र  लद्दाखलाई लिएको निर्णयलाई स्वागत जनाउँदै यस्तै इच्छाशक्ति दार्जीलिङको सन्दर्भमा पनि देखाउनुपर्ने माग गरिएको छ। आजको बैठकमा पारित गरिएको  प्रस्तावलाई कमिटीले  सांसद राजु विष्टलाई दिइनेछ। साथै यसबारे  कार्य गर्नका लागि माग गर्नेछ।

बैठकअवधि एनजीसीको भिजन डकुमेण्ट-३ पनि रिलिज गरियो।   भिजन डकुमेण्ट-3-मा यसपालि युनियन टेरिटोरी (यूटी)-मा रहेको छ। एनजीसीले यसभन्दा अघि दुईवटा भिजन डकुमेण्ट रिलिज गरिसकेको छ।

जानकारीका अनुसार आजको बैठकमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी पार्टी, अखिल भारतीय गोर्खा लीग (दुवै गुट), गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, सुमेटि मोर्चालगायत  दार्जीलिङका विधायक नीरज जिम्बा उपस्थित थिए। जनआन्दोलन पार्टी र विनयपन्थी गोर्खा जनमुक्ति मोर्चालाई पनि बैठकमा निम्तो गरे तापनि दुवै दल उपस्थित भएनन्।

एनजीसीका महासचिव डा. मुनिष तामाङका अनुसार आजको बैठकमा सांसद राजु विष्टलाई पनि निम्ताइएको थियो। तर, सांसद विष्ट पनि बैठकमा उपस्थित रहेनन्। कतिपय कारणले बैठकमा  बैठकमा अनुपस्थित रहेका सांसदले यद्यपि बैठकका लागि शुभेच्छा पठाएको पनि तामाङले बताए।

जानकारीका अनुसार बैठकमा उपस्थित विधायकद्वय सरिता राई र नीरज जिम्बा, क्रामाकपा अध्यक्ष आरबी राई, गोरामुमो नेता एनबी छेत्री, गोर्खा लीग दुवै गुटका प्रताप खाती र  भारती तामाङ तथा अन्यले छुट्टै राज्य गोर्खाल्याण्ड, दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानसम्बन्धित आ-आफ्नो विचार राखेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here