मुम्बई, १२ नोभेम्बरः श्वास-प्रश्वासमा समस्या भएपछि स्वर साम्राज्ञी लता मङ्गेशकरलाई अस्पतालमा भर्ती गरिएको छ। जानकारीका अनुसार उनलाई सोमबार ब्रीज क्यान्डी अस्पतालमा भर्ती गरिएको हो।
यी लिजेन्डरी गायिकालाई गहन चिकित्सा एकाइ (आईसीयू)-मा राखिएको थियो। उनको अवस्था धेरै गरम्भीर बनेको कारण भेन्टिलेटरमा राखिएको छ।
डाक्टरहरूका अनुसार उनको अवस्था गम्भीर बनेको छ। उल्लेखनीय छ, स्वर साम्राज्ञी लता मङ्गेशकर पछिल्लो २८ सेप्टेम्बरको ९० वर्ष पुगेकी छन्।
उनकी बहिनी उषाका अनुसार स्वास्थ्यमा सुधार भइरहेको छ। अहिले स्थिति स्थिर बनिएको छ। उनले हिजो आजसम्म अस्पतालबाट छुट्टी दिनसक्ने सम्भावना व्यक्त गरेकी थिइन्। तर, यो समाचार तयार परुञ्जेलसम्म लता मङ्गेशकरले छुट्टी पाएकी थिइन्।
जानकारीका अनुसार स्वास्थ्य स्थितिलाई हेरेर थप केही समय उनलाई चिकित्सहरूको निगरानीमा राख्ने सम्भावना भयो। यसैबीच, आज बिहान बलिवुडकी ड्रिम गर्ल हेमा मालिनीले ट्विट गरी लता मङ्गेशकरको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।