देहरादुन, 12 अक्टोबरः मङ्गलवार बिहानै उत्तराखण्डको पिथौरागढ़ जिल्लाका केही क्षेत्रमा भुइँचालोको तीव्र झट्का महसुस गरियो। भुइँचालोको झट्का महसुस भएलगत्तै भयभीत भएका मानिसहरू घरबाहिर निस्केका थिए।
जानकारीका अनुसार आज बिहान करिब 7.30 बजे पिथौरागढ़का मुनस्यारी र डीडीहाटसहित विभिन्न क्षेत्रमा मानिसहरूले भुइँचालोको तीव्र झट्का महसुस गरेका हुन्।
भारतीय मौसम विभागबाट प्राप्त जानकारीका अनुसार भुइँचालोको तीव्रता रिक्टर स्केल 4.5 मापिएको छ। भुइँचालो केन्द्र पिथौरागढ़मा जमिनदेखि 10 किलोमिटर मुनि रहेको बताइएको छ। ज्यानमालको कुनै प्रकारको क्षति नभएको जानकारी प्राप्त भएको छ।
जानकारीका अनुसार पिथौरागढ़लगायत चम्पावत, अल्मोड़ा, बागेश्वर र नैनीतालमा पनि भुइँचालोको झट्का महसुस गरिएको थियो। त्यहीं पौड़ीमा पनि भुइँचालोको हल्का झट्का महसुस गरिएको बताइएको छ।
उल्लेखनीय छ, पछिल्लो 1 अक्टोबरको दिन पनि उत्तराखण्डको चमोलीमा भुइँचालोको महसुस गरिएको थियो। त्यसदिन बेलुकी करिब 6.57 बजे मानिसहरूले भुइँचालो झट्का महसुस गरेका थिए। जानकारीका अनुसार त्यसदिनको आएको भुइँचालोको तीव्रता रिक्टर स्केलमा 3.3 मापिएको थियो।
स्मरणरहोस्, चमोली जिल्ला भुइँचालोको दृष्टिले जोन पाँचमा पर्छ। यसैले यो जिल्लालाई भुइँचालोको दृष्टिले अति संवेदनशील मानिन्छ।