सिलगढ़ी, १२ नोभेम्बर: राजस्व गुप्तचर निर्देशालयले (डीआरआई)-को सिलगढ़ी क्षेत्रीय कार्यालयले २५ केजी ७७६ ग्राम सुनसहित दुईजनालाई पक्राउ गरिएको छ।
पक्रा परेका दुवै आरोपीलाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरिएको थियो, अदालतले एकदिनको न्यायिक हिरासतमा पठाएको छ। भोलि फेरि दुवै आरोपीलाई अदालतमा प्रस्तुत गरिने बताइएको छ।
डीआरडी अधिकारीहरूका अनुसार एक गोप्य सूचनाको आधारमा उनीहरूले हिजो राति एक अभियान चलाएर मोहम्मद फिरोज (२१) र अमिर खान (२४)-लाई पक्राउ गरी छानबिन गर्दा १०१ वटा सुनको बिस्कुट ९ वटा गोल्ड बार बरामद गरे। जानकारीका अनुसार उक्त सुन लुगामा लपेर वाहनको पाइपमा लुकाएर राखिएको थियो।
डीआरआई अधिकारीहरूका अनुसार पक्रा परेका दुवै मणिपुरनिवासी हुन्। उनीहरूले म्यान्मारबाट उक्त सुन ल्याएर सिलगढ़ीमा तस्करी गर्ने योजना बनाएका थिए।
डीआरआईले दुईविरुद्ध कस्टम ऐक्ट १९६२ अन्तर्गत मुद्दा दर्ता गरेको छ। बरामद गरिएको सुनको मूल्य १० करोड़ १५ लाख ९७ हजार बताइएको छ।
उल्लेखनीय छ, पछिल्लो १५ अक्टोबरको दिनको दिन पनि गोप्य सूचनाको आधारमा एक अभियान चलाएर डीआरआईका अधिकारीहरूले सिलगढ़ीको मल्लगढ़ी क्षेत्रबाट ३६ वटा सुनको बिस्कुटसहित चारजनालाई पक्राउ गरेका थिए।
पक्रा परेका चारैजना मणिपुरनिवासी थिए। एक बसमा यात्रा गरिरहेका ती चारैजनाले उक्त सुनको बिस्कुट स्पोर्ट्स शुमा लुकाएर राखेका थिए। जानकारीका अनुसार उनीहरूले उक्त सुन म्यान्मारबाट शिलङको बाटो भएर गुवाहाटी हुँदै सिलगढ़ी ल्याएको केरकारअवधि थाह लागेको थियो।