सिलगढ़ी, १२ नोभेम्बर: हात्तीको दाँत र गैंड़ाको खाकको तस्करीको मामिलामा दुई व्यक्ति पक्रा परेका छन्। बेलाकोबा फरेस्ट रेन्जका अधिकारीहरूले हात्तीको दाँत र गैंड़ाको खाकसहित सोमबार पक्राउ गरिएको हो।
पक्रा परेका आरोपीहरूको नाम गीम दोर्जी र रवीन्द्र बासुमतरी हो। गीम दोर्जी भूटान तथा रवीन्द्र बासुमतरी असमनिवासी रहेको बताइएको छ।
बेलाकोबा रेन्जका अधिकारी एवं उत्तरबङ्गाल टाक्स फोर्सका प्रमुख सञ्जय दत्ताले जानकारी गराएअनुसार एक अभियान चलाएर वन विभागका अधिकारीहरूले यी दुईलाई हात्तीको दाँत र गैंड़ाको खाकसहित राष्ट्रिय राजमार्ग –सीअन्तर्गत श्रीरामपुर सीमा क्षेत्रबाट पक्राउ गरेका हुन्।
दुवैविरुद्ध वन्यजन्तु संरक्षण ऐन १९७२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दुवैलाई आज जलपाइगढ़ी सीजेएम अदालतमा प्रस्तुत गरियो।