शीतकालीन सत्रमा स्थायी समाधान र जनजातिको बील ल्याउनुपर्ने माग

0
1029
विनय तामाङ।

दार्जीलिङ, 13 नोभेम्बरः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आउँदो शीतकालीन सत्रमा दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधान र जनजातिको बील ल्याउनुपर्ने माग गरेका छन्।

भाजपाले आफ्नो चुनावी घोषणा-पत्रमा गरेको वाचाअनुसार आउँदो शीतकालीन सत्रमा यी दुवै बील ल्याउनुपर्ने तामाङको माग हो।

मङ्गलवार दार्जीलिङमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उल्लिखित दुवै बीललाई संसदका दुवै सदनमा भाजपाले ल्याउनुपर्ने बताए।

अर्कोतिर उनले 20 प्रतिशत बोनसको श्रेय कसैले लिन नहुने पनि बताएका छन्। यद्यपि श्रमिक सङ्गठनहरूको आन्दोलनलाई मालिकपक्षले टेरपुच्छर नलगाएपछि आफू आमरण अनशन बसेपछि नै 20 प्रतिशत बोनस तय भएको दाबी पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here