दार्जीलिङ संसदीय क्षेत्रलाई पछौटे क्षेत्र घोषित गरिनुपर्ने माग

1
1284

दार्जीलिङ, १३ नोभेम्बर: सांसद राजु विष्टले बुधवार वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गरी दार्जीलिङ संसदीय क्षेत्रका विभिन्न विषयमा छलफल गरेको बताइएको छ। स्वयं विष्ट सोशल मिडियामार्फत् यसबारे जानकारी गराएका छन्।

यो भेटवार्ताअवधि आफूले दार्जीलिङ पहाड़, तराई डुवर्स क्षेत्रलाई पछौटे क्षेत्र घोषणा गर्नका लागि सम्भावित पहलबारे अनुरोध गरेको पनि सांसदले जानकारी गराएका छन्। यो क्षेत्रलाई ‘पछौटे क्षेत्र’ घोषणा गरिएको खण्डमा केन्द्रले अतिरिक्त संसाधन प्रदान गरिने तथा विकासमा ध्यान दिने उनको भनाइ छ।

विष्टका अनुसार यस भेटवार्तामा उनलाई वित्त मन्त्री सीतारमणले यसका लागि आफ्नो मन्त्रालयबाट हुने सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएकी छन्। वित्तमन्त्री धेरैपटक दार्जीलिङ संसदीय क्षेत्रको भ्रमणमा आइसकेको बताउँदै उनी यहाँका मुद्दाहरूबारे धेरै सचेत रहेको पनि सांसद राजु विष्टले बताएका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here