सिलगढ़ी, 13 नोभेम्बरः बुधवार मिरिकको नोल डाँड़ामा हाइटेन्शनको टारमा आगो लाग्दा आईटीपीएलका एक कर्मचारीको घटनास्थलको मृत्यु भएको छ, जबकि तीन अन्य कर्मचारी गम्भीर घाइते भएका छन्। यो बीभत्स घटना आज अपराह्न करिब 3 बजे पुटुङ चियाकमाननजिक भएको हो।
यसैबीच, विभागीय लापरवाहीकै कारण यस्तो घटना भएको यो घटनापछि स्थानीय मानिसहरूले आरोप लगाएका छन्। घटनापछि क्षेत्रमा सनसनी फैलिएको थियो। जतिबेला यो घटना भयो, त्यसबेला 6 जना कर्मचारीले हाइटेन्शनको लाइन क्लियर गर्ने काम गरिरहेका थिए।
अर्कोतिर मिरिक थाना सूत्रका अनुसार हाइटेन्शनलाई बाँसको छोएकै कारण यो दुर्घटना भएको बताइएको छ।
पुलिसका अनुसार मृतक कर्मचारीको नाम उमेश कुमार (47) हो। उनी उत्तर प्रदेशको जौनपुरनिवासी रहेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले तत्कालै पुलिसलाई सूचित गरेका थिए।
सूचना पाएपछि घटनास्थलमा पुगेको पानीघट्टा पुलिसकर्मीहरूले शवलाई कब्जामा लिएर पोस्टमर्टमका लागि पठाइएको छ। साथै गम्भीर घाइते भएका तीनजनालाई स्थानीय मानिसहरूको उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
अर्कोतिर पानीघट्टा थानाका पुलिस प्रभारी तपन दासले बताएअनुसार 47 वर्षीय उमेश कुमारको सट सर्किटको कारण हाइटेन्शनमा आगो लाग्दा घटनास्थलमा मै मृत्यु भएको हो। पुलिसले घटनाबारे जाँच शुरु गरेको छ। यसैबीच, स्थानीय मानिसहरूका अनुसार ठूलो गर्जनसहित हाइटेन्शनको तारमा आगो बलेको थियो। यो घटनापछि स्थानीय मानिसहरू त्रसित भएका छन्। किनभने चियाकमान र स्थानीय मानिसहरूको बारीबीचबाट हाइटेन्शनको तार लगिएको छ।