खरसाङ अस्पतालमा विश्व मधुमेह दिवस पालन

0
1427
विश्व मधुमेह दिवस कार्यक्रमबारे बोल्दै डा. बारुई।

खरसाङ, 14 नोभेम्बर: बिहीवार खरसाङ महकुमा अस्पतालमा विश्व मधुमेह दिवस (वर्ल्ड डाइबिटिज डे)-को पालन गऱ्यो। यसअवसरमा अस्पतालमा उपचाराधीन बिरामीहरूलाई मधुमेह रोग, यसको जोखिम र बच्ने उपायबारे अस्पतालका नर्सहरूले जानकारी  गराए।

यसैगरी अस्पतालका वरिष्ठ डाक्टर एके बरूईलगायत डा.पीयूष मुखर्जी र डा. एस रोयले मधुमेह रोगबारे विस्तृत रूपमा जानकारीका गराएका थिए। विशेषगरी उनीहरूले मधुमेह रोग लाग्ने कारण, यसले स्वास्थ्यमा पार्ने असर, यसका रोगीहरूले ख्याल राख्नुपर्ने कुराहरू तथा रोग लाग्नबाट बच्न उपायहरूबारे जानकारी गराएका थिए।

जानकारीका अनुसार अस्पतालमा रहेको मधुमेह क्लिनिकमा आज निःशुल्क मधुमेह जाँच (टेस्ट) गरिएको थियो भने नर्सहरूले विभिन्न वार्डमा उपचाराधीन बिरामीहरूले मधुमेह रोगबारे जानकारी गराएका थिए।

उनीहरूले खानपान, अव्यवस्थित जीवनशैली र सचेतनाका कारण नै मानिसहरूमा मधुमेह रोग लागिरहेको बताउँदै यसप्रति सचेत हुने तथा खानपान तथा व्यवस्थित र अनुशासित जीवनशैलीमा ध्यान दिने सुझाए। उनीहरूले स्वास्थ्यबारे सचेतनाले नै मधुमेहबाट जोगाउन सक्ने जनाकारी पनि गराए।

विश्व मधुमेह दिवसको अवसरमा आज ती नर्सहरूले मधुमेहको विश्वव्यापी प्रकोप, यसबाट बच्नका लागि आलम्बन गरेका उपायहरू र विश्व मधुमेह दिवस पालनको औचित्य र आवश्यकताबारे पनि अस्पतालका बिरामीहरूलाई जानकारी गराएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here