जनताका समस्या र दुःख बुझ्न मन घिसिङ समष्टि समष्टि पुग्ने

0
1904
मन घिसिङको समष्टि भ्रमणबारे जानकारी गराउँदै वाई लामा।

दार्जीलिङ, 15 नोभेम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-का अध्यक्ष मन घिसिङले आउँदो 17 नोभेम्बरदेखि दार्जीलिङका समष्टि समष्टिका गाउँहरूमा पुगेर जनसम्पर्क अभियान शुरु गर्ने निधो गरेका छन्।

शुक्रवार यसबारे गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले जानकारी गराएका छन्। लामाका अनुसार पार्टी अध्यक्ष घिसिङले आफ्नो जनसम्पर्क अभियान रिम्बिक-लोधोमा समष्टिबाट शुरु गर्नेछन्। त्यहाँ चार दिन बसेर समष्टिका गाउँ-घर घुमी जनताका समस्या र दुःखहरूलाई बुझ्नेछन्। यसअवसरमा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षलगायत अन्य पदाधिकारीहरू पनि सामेल रहने वाई लामाले जानकारी गराएका छन्।

‘यस विषय लिएर आज गोरामुमो केन्द्रिय समितिको एक बैठक भएको थियो, जसमा 17 नोभेम्बरदेखि पार्टी अध्यक्ष घिसिङको जनसम्पर्क अभियान शुरु हुने निर्णय गरियो। गत लोकसभा र दार्जीलिङ विधानसभाको उपचुनाउमा जीत भएपछि गोरामुमोले जनतासित सोझो भेट गर्ने कार्यक्रम गरेको छैन’, उनले थपे, ‘यसैले जनतालाई पार्टीले जुन आश्वासन दिएर भोटको अपील गरेको थियो, त्यो आश्वासन पार्टीले भुलेको छैन भन्ने जनाउनका लागि पनि पार्टी अध्यक्ष घिसिङले यो जनसम्पर्क अभियान शुरु गर्ने भएका हुन्।’

लामाले थप भने, ‘यसअवधि उनले प्रत्येकको घर-गाउँ गएर जनतासित भेट गर्नेछन्। र, पार्टी कार्यकर्ताहरूका स्थिति र अवस्था पनि बुझ्नेछन्। किनभने, दार्जीलिङ पहाड़मा अझै पनि धेरैजना पार्टीका संस्थापक अध्यक्ष आप्पा स्व. सुवास घिसिङका अनुयायीहरू छन्। रिम्बिक लोधोमाको चारदिने भ्रमण कार्यक्रमपछि पार्टी अध्यक्षले दार्जीलिङका 13 वटै समष्टिको पनि भ्रमण गर्नेछन्।’

दार्जीलिङ महकुमाअन्तर्गतका सबै समष्टिको भ्रमणपछि कालेबुङ, खरसाङ र मिरिक क्षेत्रका समष्टिहरू पनि भ्रमण गर्ने योजना रहेको खुलाए भने पार्टीले दिल्लीमा पनि चाप दिइरहेको बताए।

उल्लेखनीय छ, अहिले जीटीएमा दार्जीलिङ पहाड़मा 45 समष्टि छन्। पहिला दागोपापको समयमा 28 वटा समष्टि थिए। दागोपापको समयमा दार्जीलिङ महकुमामा 13 वटा समष्टि थिए। तर, जीटीएमा यो बढ़ेर 20 वटा भएको छ। यद्यपि गोरामुमोले अहिले पनि दार्जीलिङ महकुमाका 13 वटै मान्दै/भन्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here