सांसदले उठाएको मुद्दामा केन्द्रले त्वरित कार्वाही गर्नुपर्ने एनजीसीको माग

0
985
डा. मुनिष तामाङ।

दार्जीलिङ, १९ नोभेम्बरः सांसद राजु विष्टले सोमवार सदनमा उठाएको दार्जीलिङ पहाड़को मुद्दाको त्वरित समाधानका लागि केन्द्र सरकारले कार्वाही गर्नुपर्ने माग राष्ट्रिय गोर्खाल्याण्ड कमिटी (एनजीसी)-ले गरेको छ।

एनजीसी महासचिव डा. मुनिष तामाङले सांसदले उठाएको मुद्दा दार्जीलिङ पहाड़, तराई र डुवर्सका मानिसहरूको दीर्घलम्बित र संवैधानिक मागलाई केन्द्र सरकारले त्वरित कार्वाही गर्नुपर्ने माग गरेका हुन्।

दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानलेचिकननेकक्षेत्रलाई स्थिर गर्नका साथै राष्ट्रिय हितमा हुनेछ’, तामाङले भनेका छन्, यसो गरिएको खण्डमा वर्तमान सरकारद्वारा आफ्नो चुनावी घोषणा-पत्रमा गरिएको वाचा पनि पूरा हुनेछ।

अर्कोतिर पछिल्लो १० नोभेम्बरको दिन एनजीसीद्वारा डाकिएको बैठकमा पारित सर्वदलीय प्रस्तावअनुरूप सांसदले यो मुद्दालाई सदनमा उठाएको बताउँदै तामाङले यसप्रति खुशी व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here