नेपालमा भुइँचालो, दिल्लीलगायत उत्तर भारतमा झट्का

0
2581
साङ्केतिक तस्वीर।

नयाँदिल्ली, १९ नोभेम्बरः राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा मङ्गलवार साँझ भुइँचालोको झट्का महसुस गरियो।

अमेरिका संस्था यूएसजीएसका अनुसार भुइँचालोको केन्द्र नेपालको दिपायल शहरमा थियो। रिक्टर स्केलमा ५.३ तीव्रता मापिएको उक्त भुइँचालोको केन्द्र जमिनदेखि १.३ किलोमिटर मुनि रहेको उक्त संस्थाले बताएको छ।

नेपालको केन्द्र गरी आएको उक्त भुइँचालोको झट्का दिल्ली-एनसीआरलगायत लखनउ, चण्डीगढ़, नोएडा, गुरुग्रामसमेत उत्तर भारतका अन्य शहरमा महसुस गरिएको बताइएको छ। यसका साथै उत्तराखण्डमा पनि भुइँचालोको झट्का महसुस गरिएको थियो। भुइँचालोको झट्का महसुस भएपछि मानिसहरू डरले घर र कार्यालय आदिबाट मैदानमा निस्केका थिए।

भुइँचालोबाट कुनै ज्यानमालको क्षति नभएको बताइँदैछ। उल्लेखनीय छ, हिजो मात्र गुजरातमा ४.३ तीव्रताको भुइँचालोको झट्का महसुस गरिएको थियो। बेलुकी करिब ७ बजे आएको उक्त भुइँचालोको कारण मानिसहरू केहीक्षण आतङ्कित भएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here