सांसदले सदनमा गोर्खाल्याण्ड शब्दलाई फड़्कालेर भन्न नसक्नु ठूलो दुर्भाग्यः विनयपन्थी मोर्चा

0
1390
विनयपन्था युमो नेता अमिर बस्नेत।

कालेबुङ, १९ नोभेम्बरः पछिल्लो सोमवार संसदमा दुईपटक दार्जीलिङको स्थायी राजनीतिक समाधानको मुद्दा उठाउने राजु विष्टले स्पष्टसँग सदनमा गोर्खाल्याण्डको माग नउठाएको आरोप विनयपन्थी गोजयुमोको छ। मङ्गलवार कालेबुङमा पत्रकारहरूले सम्बोधन गर्दै विनयपन्थी युमो नेता अमिर बस्नेतले भने, ‘‘सांसदले सदनमा गोर्खल्याण्डको शब्द स्पष्टसँग फड़्कालेर भन्न नसक्नु नै हाम्रा लागि ठूलो दुर्भाग्य हामीले महसुस गरिरहेका छौं।’’

बस्नेतका अनुसार ११२ वर्ष लामो र १९८६ यता तीन-चार चरणको आन्दोलन भइसकेको गोर्खाल्याण्डको माग र शब्दलाई सांसदले स्पष्टसँग उच्चरण गर्नुपर्ने थियो।

दार्जीलिङका सांसद राजु विष्टले गोर्खाल्याण्डको मागलाई पहाड़का जनताका आँखामा धुलो हाल्नेजस्तो गरी उठाएको आरोप पनि उनले लगाए।

साथै गोर्खाहरूको दीर्घकालीन माग सदनभित्र स्पष्टसँग सदनभित्र सम्बोधन हुननसकिरहेको आफ्नो पार्टीले महसुस गरिरहेको पनि बस्नेतले बताए।

“सांसदले पहिलादेखि नै भाजपाको तर्फबाट स्थायी राजनीतिक समाधान भन्ने शब्दको प्रयोग गरिरहेका छन्. हामीले यसैमा समस्या देखिरहेका छौं। यसमा हाम्रो सहमति छैन’’, विनयपन्थी युवा मोर्चा कालेबुङका महासचिव बस्नेतले थपे, “गोर्खाल्याण्ड र गोर्खाहरू भारतका लागि समस्या होइनन्। त्यसैले समाधान खोज्नु भन्ने कुरा गलत हुनजान्छ। गोर्खाहरूको माग समस्या हो र समाधान खोजेको?’’

उनले थप भने, “यो समस्या होइन। यो त हाम्रो संवैधानिक अधिकार हो। यसैले यसलाई स्थायी राजनीतिक समाधान भनिरहनु उचित हुँदैन। गोर्खाहरूलाई संवैधानिक अधिकार दिलाउनुपर्छ भनेको चै राम्रो हुनेछ। हिजो सांसदले जस्तो प्रकारले आवाज उठाए, त्यो साँप पनि मर्ने, लट्ठी पनि नभाँचिनेजस्तो थियो। मैले कुरा उठाए भनेर जनताअघि ड्युटी पूरा गर्ने काम मात्र हिजो सांसद राजु विष्टले गरे। यो हाम्रा लागि दुर्भाग्यको कुरा हो।”

उनका अनुसार २००९ देखि अहिलेसम्म भाजपालाई जिताएकै गोर्खाल्याण्डकै लागि हो। यद्यपि गोर्खाहरूले मागेको चाहिँ के हो भन्ने कुरा अहिले पनि अन्योलमा रहेको बस्नेतको भनाइ छ।

‘‘हाम्रा प्रतिनिधिले पहाड़का जनताले के चाहन्छन्, त्यो स्पष्टसँग सदनमा बताउनै सकिरहेका छैनन्’’, उनले थपे, ‘‘त्यो काम गोर्खा सांसद भएको कारण राजु विष्टले गर्नुपर्ने थियो, तर उनले आज पनि गरेनन्।’’

भाजपा र राजु विष्टले जहिल्यै राजनीति गर्ने प्रयास गरिरहेको उनको आरोप छ। “२०२१-को बङ्गाल विधानसभाको चुनाउलाई लिएर भाजपाले चुनावी मैदान तयार गर्दैछ। र गोर्खालाई जहिल्यै भाजपाले राजनीतिक हतियार प्रयोग गर्दै आइरहेको छ।”

“यसैले चुनावी माहोल तयार गर्नका लागि मात्र गोर्खाहरूलाई प्रयोग नगरियोस् भन्ने हाम्रो स्पष्ट भनाइ छ”, अमिर बस्नेतले थपे। उनले ११ जातगोष्ठीको मुद्दामा पनि भाजपाले गोर्खाहरूलाई झुक्याउने कार्य भइरहेको दाबी पनि गरे।

साथै यो पाँच वर्षको अवधिभित्र सांसदले छुट्टै राज्य गोर्खाल्याण्ड, ११ जातगोष्ठीलाई जनजाति र भारतीय गोर्खाहरूलाई मूलनिवासीको सूचीमा हाल्नेजस्ता कार्य फत्ते गर्नुपर्ने माग गरे।

अर्कोतिर सांसद राजु विष्टले सदनमा गोर्खाल्याण्डको मुद्दा उठायो भनेर पहाड़का भाजपा सहयोगी दलहरूले जनतालाई झुक्याउने कार्य गरिरहेको पनि आरोप लगाए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here