राजमार्गको मुद्दा लिएर सांसद विष्टद्वारा केन्द्रिय सड़क मन्त्रीसित भेट

0
1215
केन्द्रिय मन्त्री नितिन गडकरीसँग सांसद राजु विष्ट।

दार्जीलिङ, 22 नोभेम्बरः दार्जीलिङका सांसद राजु विष्टले बिहीवार नयाँ दिल्लीमा केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसित भेट गरी दार्जीलिङ जिल्ला राजमार्गसित सम्बन्धित मुद्दामाथि चर्चा गरेका छन्।

शुक्रवार संसद भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै भने, “मैले केन्द्रिय सड़क एवं परिवहन मन्त्री गडकरीलाई  राष्ट्रिय राजमार्ग-10 को वर्तमान अवस्था र मतिगढ़ादेखि दार्जीलिङ मोड़सम्म 4-लेनको एक्सप्रेस वेको तत्काल विकासका लागि एक ठोस प्रस्ताव पठाउने आश्वासन दिइए तापनि राज्य सरकार यो काम गर्न विफल बनेको कुरा जनाइसकेको छउ। स्थानीय सरकार यहाँका जनताको भलाईका लागि चिन्तित नरहेको स्पष्ट छ। यसैले मैले मन्त्री गडकरीसमक्ष भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणलाई डब्ल्यूबी पीडब्ल्यूडी-एनएच डिभिजनलाई दिएको जिम्मेवारी पुनः फिर्ता लिएर यो कार्यको विकास गर्न अनुरोध गरेको छु।”

केन्द्रिय मन्त्रीले यो मुद्दालाई गम्भीरतापूर्वक लिँदै अघिल्लो पहल गर्ने आश्वासन दिँदै जनतालाई राहत दिन आवश्यक पहल गर्ने बताएका छन्।

यसलगायत सांसद विष्टले सिलगढ़ी हुँदै बालासन-धोत्रे-घूम, सिलगढ़ीलाई बाग्राकोट, गोरुबथान-लाभा हुँदै कालेबुङ पुग्ने योजना, मतिगढ़ा हाट, फूलबारीस सालुगढ़ा, देवीडाँगा र दार्जीलिङ मोड हुँदै सिलगढ़ी शहरका लागि 4-लेनको रिङ्ग रोडलाई लिएर पनि केन्द्रिय मन्त्रीसमक्ष मुद्दा उठाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here