शिला लामाकृत ‘बेरङ्ग जिन्दगीका रङ्गहरू’-को विमोचन

0
1742
बेरङ्ग जिन्दगीका रङ्गहरूको विमोचन गरिँदै।

मिरिक, 24 नोभेम्बरः आइतवार मिरिकको फुवागढ़ीमा एक साहित्यिक कार्यक्रमबीच शिला लामाकृत कथा सङ्ग्रह ‘बेरङ्ग जिन्दगीका रङ्गहरू’-को विमोचन गरियो।

मिरिक साहित्य सुनौं परिवारका अध्यक्ष कवि कमला राईको अध्यक्षता एवं वरिष्ठ साहित्यकार गुप्त प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबीच अध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरूको करकलमबाट बेरङ्ग जिन्दगीका रङ्गहरूको विमोचन गरिएको थियो।

कार्यक्रममा विमोचित कथा सङ्ग्रहमाथि साहित्यकार राजबहादुर राईले समीक्षात्मक टिप्पणी राखेका थिए भने प्रमुख अतिथि गुप्त प्रधान, वरिष्ठ साहित्यकार नरबहादुर दाहाल र कृष्ण प्रधानले पनि सम्बोधन गर्दै कथाकार लामालाई कथा सङ्ग्रहका लागि शुभकामना दिएका थिए।

यसैअवसरमा गुप्त प्रधान, वीणा हाङ्खिम, अर्जुन प्रधान र राजबहादुर राईलाई उनीहरूले नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई कदर गरी सम्मान जनाइएको थियो।

करिब एक दर्जन साहित्यकारले आ-आफ्नो रचना वाचन गरेको कार्यक्रममा दार्जीलिङ, खरसाङ,  सिलगढ़ीलगायत मिरिक तथा अन्य क्षेत्रहरूबाट आएका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो।

स्रष्टा शिला लामाको यसभन्दा अघि कविता सङ्ग्रह विस्मृति-स्मृति (2017) प्रकाशित छ।    

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here