दिल्ली पुलिसद्वारा असमबाट तीन आतङ्की पक्राउ

0
1093
डीसीपी प्रमोद कुशवाहा (फाटो एएनआई ट्विटर)।

नयाँ दिल्ली, 25 नोभेम्बरः दिल्ली पुलिसको स्पेशल सेलले असमको गोलपाराबाट इम्प्रोभाइड एक्सप्लोसिभ डिभाइस (आईईडी)सहित तीन आतङ्कीलाई पक्राउ गरेको छ।

दिल्ली पुलिसका अनुसार यी तीनैजनाले ‘लोन वुल्फ अट्याक’-को योजना बनाएका थिए। डीसीपी प्रमोद कुशवाहाले यसको जानकारी दिएका छन्। उनका अनुसार यी तीनैजनाले पहिला असममा एक मेलामा ‘टेस्ट अट्याक’ गर्ने योजना बनाएका थिए। त्यसपछि उनीहरूको तारोमा दिल्ली थियो।

स्पेशल सेलका डीसीपी कुशवाहाका अनुसार पक्रा परेका आरोपीको पहिचान मुकद्दिर इस्लाम, रञ्जीत अली र जमिलको रूपमा भएको छ। तीनैजना आरोपीको उमेर 25 देखि 30 वर्षबीच छ।

दिल्ली पुलिसले यी तीन आतङ्कीलाई पक्राउ गरेपछि असम र दिल्लीमा ठूलो हमला गर्ने उनीहरूको षड़यन्त्रलाई पनि विफल बनाएको छ। दिल्ली पुलिसका अनुसार पक्रा परेका आतङ्की आईएससँग जड़ित छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here