तस्करीमा परेका नेपालका दुई महिला उद्धार, दुई आरोपी तस्कर पक्राउ

0
1037
एसएसबी जवानहरूले उद्धार गरेका महिला र पक्राउ गरेका आरोपी तस्करद्वय

सिलगढ़ी, २७ नोभेम्बरः सशस्त्र सीमा बल (एसएसबी)-को ४१औं बटालियनका जवानहरूले मङ्गलवार भद्रपुर सीमानजिकबाट नेपालका दुई महिलालाई उद्धार गरेका छन्।

यी दुवै महिला वैदेशिक रोजगारीको लोभमा तस्करहरूको जालमा फँसेका थिए। उद्धार गरिएका महिला क्रमैले चितवन र जनकपुरनिवासी रहेको बताइएको छ।

एसी मीराको नेतृत्वमा एसएसबी जवानहरूले यी दुई महिलालाई उद्धार गरेका हुन्।

एसएसबी जवानहरूले यो मामिलामा दुई तस्करलाई पनि पक्राउ गरेका छन्। पक्रा परेका तस्करको नाम राजु टुडु (२५)  र प्रेमबहादुर तामाङ (५०) बताइएको छ। एसएसबी सूत्रका अनुसार दुवै झापा जिल्लाको चन्द्रगढ़ीनिवासी हुन्।

जानकारीका अनुसार उद्धार गरिएका दुवै महिलालाई एसएसबीले नेपालको गैरसरकारी सङ्गठन टाइनी ह्याण्ड्सका सदस्यहरूको उपस्थितिमा नेपाल पुलिसलाई सुम्पिएको छ।

उल्लेखनीय छ, पछिल्लो २० नोभेम्बरको दिन पनि एसएसबी जवानहरूले तस्करको जालोमा फँसेकी नेपाल पोखरानिवासी एक महिलालाई पानीट्याङ्की बस बिसौनीबाट उद्धार गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here