कोलकाता, 28 नोभेम्बरः बङ्गालका तीनवटा सीटमा भएको उपचुनाउमा राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले ‘क्लिन स्विप’ गरेको छ। खड़गपुर सदर, कालियागञ्ज र करिमपुर तीनवटै सीटमा तृणमूल कङ्ग्रेसले जीत प्राप्त गऱ्यो।
यी तीनवटै सीटमा पछिल्लो 25 नोभेम्बरको दिन चुनाउ भएको थियो भने मतगणना गरिएको हो।
आउँदो 2021 को विधानसभा चुनाउलाई हेरेर यी तीनवटा सीटमा भएको उपचुनाउलाई तृणमूल कङ्ग्रेस र भाजपाका लागि महत्त्वपूर्ण मानिएको थियो, जसमा तृंकले बाजी मार्को छ। यसका साथै यी तीनवटा सीटमा नराम्रोगरी पराजय बेहोर्ने भाजपाको मिशन-2021 लाई ठूलोको झट्का लागेको छ।
उल्लेखनीय छ, यी तीनमध्ये खड़गपुर सदर र कलियागञ्ज गरी दुईवटा सीटमा पछिल्ला तीन दशकयता वर्षयता तृणमूल कङ्ग्रेसले जित्नै सकेको थिएन। यद्यपि यी दुई सीट जित्ने सपना पनि पूरा गरेको छ।
यो जीतलाई तृकं सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले विकासको जीत बताएकी छन्। जीतपछि उनले भनिन्, ‘भाजपाले आफ्नो अहंकारको परिणाम भोगिरहेको छ। मानिसहरूले भाजपालाई नकारेका छन्।’