पानीट्याङ्कीबाट बङ्ग्लादेशी नागरिक पक्राउ

0
1615
पानीट्याङ्की पक्रा परेका बङ्ग्लादेशी नागरिक।

सिलगढ़ी, 28 नोभेम्बरः सशस्त्र सीमा बल (एसएसबी)-को 41औं बटालियनका जवनाहरूले बिहीवार करिब 11:30 बजे भारत-नेपाल सीमा नजिक पानीट्याङ्कीबाट एक बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेका छन्।

पक्रा परेका नाम अजहर अली (24) बताइएको छ। एसएसबी सूत्रका अनुसार आज बिहान नेपाल छिर्ने प्रयास गरिरहेका अजहरलाई एसएसबीका जवानहरूले पक्राउ गरेका हुन्। यसपछि केरकारअवधि यी युवक बङ्ग्लादेशी रहेको पत्तो लाग्यो।

जानकारीका अनुसार अजहर अली हिजो अर्थात् 27 नोभेम्बरको दिन भारत-बङ्ग्लादेश सीमाबाट अवैध रूपमा भारत पसेका थिए भने आज नेपाल नेपालनिवासी मसुद रङ्गपोर नामक व्यक्तिको सहयोगमा सीमा पार गर्ने कोशिश गरिरहेका थिए।

जानकारीका अनुसार मसुद रङ्गपोर हाल काठमाडौंमा बस्दै आएका छन्। एसएसबीका अनुसार पक्रा परेका अजहर अलीलाई खोरीबारी थानामा सुम्पिएको छ। खोरीबारी पुलिसले यस मामिलामा थप अनुसन्धान गरिरहेको बताइएको छ।

उल्लेखनीय छ, केही महिनायता भारत-नेपाल  सीमा पानीट्याङ्कीबाट लगातार रूपमा बङ्ग्लादेशी नागरिकहरू पक्रा परिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here