बज्यूको हत्या गरेको आरोपमा नातिसहित पाँच पक्राउ

0
1530

सिलगढ़ी, 30 नोभेम्बरः सिलगढ़ी देशबन्धुपाड़ास्थित रामकृष्ण सरणीनिवासी 80 वर्षीय फाल्गुनी घोषको हत्याको मामिलामा पुलिसले नातिसहित पाँजनालाई पक्राउ गरेको छ, जसमध्ये चारजना किशोर छन्।

उल्लेखनीय छ, शुक्रवार बिहान वृद्धा फाल्गुनी घोषको शव उनकै घरमा ओछ्यानमा लड़िरहेको अवस्थामा बरामद भएको थियो। पुलिसका अनुसार हात खुट्टा बाँधेर हत्या गरिएको थियो।

पुलिसले हिजो हत्याको सम्बन्धमा वृद्धाका नाति हिरासतमा लिएर केरकार गरेको थियो।  केरकारअवधि प्राप्त जानकारीको आधारमा शुक्रवार राति पुलिसले कुल पाँचजनाली पक्राउ गरेको छ, जसमध्ये नातिसहित थप तीनजना किशोर छन्।

पुलिसका अनुसार ती चारैजना किशोर आरोपी पाइपलाइन र देशबन्धुपाड़ा क्षेत्रका बासिन्दा हुन् भने वयस्क आरोपी मानव बर्मन सूर्य नगरस्थित नेपाली बस्तीनिवासी हुन्। पुलिस सूत्रका अनुसार बज्यूले पैसा दिन अस्वीकार गरेकै कारण यी 17 वर्षीय नातिले उनको हत्या गरेका हुन्।

स्थानीय मानिसहरूका अनुसार हत्यारोपी नाति ड्रग्स सेवन गर्छन्, जसको कारण घरी  घरी पैसा माग्नका लागि नाति बज्यूको घरमा आइरहने गर्थे। यसका साथै बज्यूले पैसा दिन अस्वीकार गर्दा हिंसक भएर नातिले बज्यूसँग झगड़ा गर्नेगर्थे।

जानकारीका अनुसार मृतक फाल्गुनी घोष डाक विभागका सेवानिवृत्त कर्मचारी थिए। उनका तीनजना छोरी छन्, जसमध्ये दुईजनाको विवाह सिलगढ़ी र एकजनाको असममा भएको छ।

निवार सिलगढ़ी मेट्रोपोलिटन पुलिसका डीसीपी इन्दिरा मुखर्जीका पत्रकारहरूलाई बताएअनुसार पाँचैजना आरोपीलाई केरकारपछि पक्राउ गरिएको हो। पक्रा परेकाहरूमध्ये मृतकका नातिसहित चारजना किशोर छन्।

उल्लेखनीय छ, शुक्रवार बिहान यो घटना प्रकाशमा आएपछि क्षेत्रमा सनसनी फैलिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here