22 दिनपछि स्टिम इञ्जिनको चलाचल शुरु

0
1078
मङ्गलवार पुनः चल्न थालेको स्टिम इञ्जिन।

दार्जीलिङ, 3 नोभेम्बरः पछिल्लो 11 नोभेम्बरको दिनदेखि  ठप्प रहेको स्टिम इञ्जिनको चलाचल मङ्गलवारदेखि शुरु भएको छ।

उल्लेखनीय छ, ठेकादार र ठेकादार अधीनस्थ कोइला श्रमिकहरूबारे उत्पन्न झमेलाको कारण स्टिम इञ्जिन पछिल्लो 22 दिनदेखि बन्द थियो।

वास्तवमा स्टिम इञ्जिनका लागि कोइला अनिवार्य हुन्छ। तथापि ठेकादार र श्रमिकहरूबीच वेतनलाई लिएर उत्पन्न झमेलाको कारण कोइला आपूर्ति हुनसकिरहेको थिएन।

यसैले स्टिम इञ्जिन ठप्प रहेको थियो। यद्यपि  ठेकादार र कोइला श्रमिकहरूबीचको विवाद सुल्झिएपछि आजदेखि स्टिम इञ्जिन सुचारु बनेको हो।

जानकारीका अनुसार कोइला आपूर्ति नयाँ ठेकादारले प्राप्त गरेपछि कोइला श्रमिकहरूले वेतन वृद्धिको माग गरेका थिए। त्यसपछि नै ठेकादार र कोइला श्रमिकहरू गतिरोध सिर्जना भएपछि कोइलाको आपूर्ति ठप्प बनेको थियो।

जानकारीका अनुसार कुल 6 जना कोइला श्रमिक छ। यसैबीच यी श्रमिकहरूको मागलाई ठेकादारले मानिलिएको बताइएको छ। उल्लेखनीय छ, विश्व धरोहरको मान्यताप्राप्त दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-को स्टिम इञ्जिनको महत्त्व छुट्टै छ।

डीएचआरको मुख्य आकर्षण नै स्टिम इञ्जिन हो। यसैले धेरैजसो पर्यटक स्टिम इञ्जिनमा नै चढ़ेर जोय राइड गर्न  रुचाउँछन्। अहिले जोय राइडका लागि दुईवटा स्टिम इञ्जिन र एउटा डिजेल इञ्जिन सञ्चालित छन्।

अर्कोतिर, दार्जीलिङ हिमालयन रेलवेले विश्व धरोहर मान्यता पाएको दुई दशक पूरा गरेको अवसरमा बिहीवार रङ्गारङ कार्यक्रमको आयोजन गरेको छ। उक्त कार्यक्रमको विशेष आकर्षण  रन फर डीएचआर रहेको छ।

दार्जीलिङ रेलवे स्टेशनका म्यानेजर सुमन प्रधानले जानकारी गराएअनुसार उक्त रन फर डीएचआरमा दार्जीलिङ शहरका विभिन्न विद्यालयका विद्यार्थी र आम मानिसहरूले सहभागिता जनाउनेछन्। यसैले प्रधानले रन फर दार्जीलिङमा धेरैभन्दा धेरै सङ्ख्यामा स्थानीय मानिसहरूलाई सहभागिताहेतु आग्रह गरेका छन्।

“डीएचआर हाम्रो सम्पदा हो। यसैले यसैका लागि आयोजन गरिएको रन फर हो। यसैले यो रनमा स्थानीय मानिसहरूले बाक्लो सङ्ख्यामा सहभागिता जनाइदिउन् भन्ने हाम्रो अनुरोध छ”, प्रधानले थपे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here