रायपुर, ४ दिसम्बरः छत्तीसगढ़को नक्सल प्रभावित नारायणपुर जिल्लामा भारत तिब्बत सीमा पुलिस बलका जवानहरूबीचै भएको गोलीबारीमा ६ जवानको मृत्यु भएको छ। जबकि दुई अन्य घाइते भएका छन्।
बस्तर क्षेत्रका पुलिस महानिरीक्षक सुन्दरराज पीले बताएअनुसार नारायणपुर जिल्लाका कडेनार गाउँस्थित आईटीबीपीका ४५औं बटालियनको शिविरमा आज बिहानै जवानहरूबीच गोलीबारी भएको थियो, जसमा ६ जवानको मृत्यु भएको हो
जानकारीका अनुसार आज शिविरमा आईटीबीपीका एक जवानले कथित रूपमा गोलीबारी शुरु गरे। यो घटनामा हमलावार जवानसहित ६ जवानको मृत्यु भएको छ।
पुलिस महानिरीक्षकका अनुसार जवानहरूका शव र घाइते जवानहरूलाई अस्पताल पठाइएको छ। उनका अनुसार घटनाको वास्तविक कारण पत्तो लगाउनका लागि जाँच गरिँदैछ।
जवानहरूबीच भएको सामान्य विवाद उग्र बनेपछि परस्परमा गोलीबारी गरेको बताइएको छ।