जन्तरमन्तरमा धरना, ‘गोर्खाल्याण्ड एक मात्र स्थायी राजनीतिक समाधान’

0
1558

दार्जीलिङ, 9 दिसम्बरः छुट्टै राज्य गोर्खाल्याण्डको मागमा नयाँ दिल्लीको जन्तरमन्तरमा आयोजित धरना कार्यक्रम सोमवार दोस्रो दिन पनि जारी रह्यो। दोस्रो दिनको धरनामा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) र  गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस) -का कार्यकर्ताहरूबाहेक भारतीय गोर्खा परिसङ्घ (भागोप)-का तर्फबाट डा. मुनिष तामाङले सहभागिता जनाएका थिए।

यसैअवसरमा गोर्खाल्याण्डका लागि बसिएको धरना कार्यक्रमलाई समर्थन जनाउँदै बोडो नेता एवं पूर्व राज्यसभा सांसद यूजी ब्रह्मा पनि विशेष रूपमा उपस्थित थिए।

आज दोस्रो दिनको धरनामा पनि छुट्टै राज्य गोर्खाल्याण्डको मागमा चर्को नारा लगाएका थिए। धरनामा सहभागी हुनेहरूले दार्जीलिङ पहाड़को एक मात्र स्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्ड रहेकोले राज्यभित्रका कुनै पनि व्यवस्था अस्वीकार्य नरहने दाबी गरे।

दोस्रो दिनको धरना कार्यक्रमलाई भागोपका कार्यकारी अध्यक्ष डा. मुनिष तामाङ, क्रामाकपा केन्द्रिय नेतृ विन्द्या डुक्पा, जीएसएसएसका अध्यक्ष किरण बिके, अनार सुब्बा, भीम गुरुङ, रमेश खाती, नवीन तामाङ, केडी राई, लोपसाङ लामा आदिले सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here