ममताको भ्रमणलाई केन्द्र गरी वाममोर्चा पछि साऱ्यो धरना कार्यक्रम, अब ३० अक्टोबरको सट्टा २ नोभेम्बरमा हुने प्रदर्शन

0
1583
वाममोर्चा दार्जीलिङ जिल्ला कमिटी संयोजक जीवेश सरकार।

दार्जीलिङ, २९ अक्टोबर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बङ्गाल भ्रमणलाई केन्द्र गरी वाममोर्चाले पेट्रोल पम्प अघि धरना कार्यक्रमलाई पछिल्तिर सारेको छ। 

नयाँ कार्यक्रम सूचीअनुसार दार्जीलिङ जिल्ला  वाममोर्चाले आगामी २ नोभेम्बरको दिन केन्द्र सरकारविरुद्ध पेट्रोल पम्पअघि धरना प्रदर्शन कार्यसूची पालन गर्नेछ।
स्मरणरहोस्, ३० नोभेम्बरको दिन वाममोर्चाले राज्यभरिका पेट्रोल पम्पहरूमा केन्द्र सरकारविरुद्ध प्रदर्शन गर्नेछ, तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको आजदेखि शुरु भएको उत्तर बङ्गाल भ्रमणलाई केन्द्र गरी दार्जीलिङ जिल्ला वाममोर्चाले यो धरना प्रदर्शन अब आगामी २ नोभेम्बरको दिन पालन गर्ने संयोजक जीवेश सरकारले जनाए।
सोमवार स्थानीय अनिल विश्वास भवनमा एक पत्रकार सम्मेलनलाई सम्बोदन गर्दै सरकारले यो जानकारी गराएका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here