दार्जीलिङ, १० दिसम्बरः मङ्गलवार विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)- ले दार्जीलिङमा केन्द्रिय गृहमन्त्री अमित शाह र सांसद राजु विष्टको पुतला दहन गरेको छ। विनयपन्थी मोर्चा दार्जीलिङ महकुमा समितिले शाह र विष्टको पुतला जलाएको हो।
गृहमन्त्रीले गोर्खाहरूसम्बन्धमा खेदपूर्ण बयान दिएको भन्दै शाह र विष्टको पुतला दहन गरिएको बताइएको छ। यसका साथै नागरिक संशोधन बिल (सीएबी) –को विरोधमा पनि दुवैको पुतला दहन गरिएको बताइएको छ।
यसअवसरमा विनयपन्थी मोर्चाका कार्यकर्ताहरूले भारतीय जनता पार्टी, केन्द्रिय गृहमन्त्री अमित शाह र सांसद राजु विष्टविरुद्ध नारा लगाएका थिए।