भाजपा सांसदको विवादास्पद बयान, कङ्ग्रेस सांसद स्व. एमके सुब्बालाई बताए नेपालीका अनुप्रवेशकारी

0
2130

दार्जीलिङ, १२ दिसम्बरः झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले कङ्ग्रेसका पूर्व सांसद स्व. एमके सुब्बालाई लक्षित गरी गोर्खाहरूको नागरिकतामाथि प्रश्न उठाएका छन्।

हिजो संसदमा नागरिकता संशोधन विधेयकमाथि आफ्नो कुरा लाग्दै तेजपुरका पूर्व कङ्ग्रेस सांसद स्व. मणिकुमार सुब्बालाई नेपालका अनुप्रवेशकारी बताए।

भाजपा सांसदको यस्तो बयानले भारतीय गोर्खाहरूकै चिनारीमाथि पुनः प्रश्न तेर्साउने काम गरेको छ। असमका दिग्गज नेता मानिने स्व. मणिकुमार सुब्बा तेजपुरबाट तीनपटक सांसद निर्वाचित भएका थिए।

‘नेपालका नागरिक एमके सुब्बा कङ्ग्रेसका मेम्बर अफ् पार्लिमेन्ट बने। उनले केवल अनुप्रवेशकारी बढ़ाउने काम गरे। उनले बङ्ग्लादेश र बाहिरका नागरिकलाई उत्तरपूर्वी राज्यमा बढ़ाउने काम गरे’, भाजपा सांसद निशिकान्त दुबेले गम्भीर आरोप लगाए।

उल्लेखनीय छ, दार्जीलिङका सांसद राजु विष्टले देशका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाले सबैभन्दा बढ़ी सम्मान गर्ने काम गरेको दाबी गरिरहेको बेला उनकै दलका सांसदको यस्तो विवादास्पद बयान दिएका छन्।

सोझो हेर्दा कङ्ग्रेसमाथि आरोप लगाउने राजनीतिप्रेरित बयान भए तापनि गोर्खा समुदायकै एक सांसदलाई नेपालका नागरिक भन्ने सांसदले भारतका अन्य गोर्खाहरूलाई कुन दृष्टिले हेरेका छन् भन्ने प्रश्न सिर्जना भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here