भाजपाका 30 पदाधिकारीद्वारा पदबाट राजीनामा

0
1025
पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपाका कार्यकर्ताहरू।

दार्जीलिङ, 13 दिसम्बरः बिहीवार कालेबुङका चारवटा मण्डल अध्यक्ष, समष्टि पदाधिकारी र कालेबुङअन्तर्गत रहेका भाजपा दार्जीलिङ जिल्ला कमिटीका सदस्यहरूलाई लिएर साङ्गठनिक सभा भएकै एकदिन पछि आज भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला समितिका मूलसचिव अनिल शर्मालगायत भाजपाका करिब  30 जना शीर्ष पदाधिकारीले शुक्रवार आ-आफ्नो पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनेहरूमा भाजपा कालेबुङको 36 नम्बर समष्टिका युवा सङ्गठन अध्यक्ष उत्तम राई, यसै समष्टिका उपाध्यक्ष सुजन बीके, महासचिव सागर दियाली, 39 नम्बर समष्टिका युवा सङ्गठन अध्यक्ष सरोज राई, खरसाङ महकुमा संयोजिका प्रियङ्का छेत्री, दार्जीलिङ जिल्ला समिति सचिव सुमन शर्मा र अन्य मुख्यरूपले सामेल छन्।

उनीहरूले विशेष पार्टी विस्तारका लागि कुनै काम गर्ने अवसर नपाएको वा अवसर प्रदान नगरिएको कारण नै आ-आफ्नो पदबाट राजीनामा दिएको बताएका छन्।

आज दार्जीलिङ प्रेसगिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै प्रियङ्का छेत्रीले भनिन्, “भारतीय जनता पार्टीले दार्जीलिङ जिल्ला समितिलाई न पार्टी विस्तारका लागि ठोस कार्य गर्ने दिशानिर्देश नै गर्छ, न यसमाथि कार्य गर्ने अवसर नै प्रदान गर्छ।

यद्यपि उनीहरूले स्पष्ट रूपमा पदबाट राजीनामा दिनुको कारण बताएका छैनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here