मुम्बईमा क्यान्सर रोगीहरूलाई सहयोग गर्दै भारतीय गोर्खा एकता सङ्घ

0
1013

दार्जीलिङ, 14 दिसम्बरः क्यान्सर उपचारका लागि मुम्बई जाने दार्जीलिङ पहाड़, तराई डुवर्सलगायत संलग्न क्षेत्रका रोगीहरूलाई भारतीय गोर्खा एकता सङ्घले पूर्ण सहयोग गर्दै आइरहेको सङ्घका अध्यक्ष ध्रुव  प्रधानले बताएका छन्।

यसका साथै उनले मुम्बईमा क्यान्सरको उपचार गराउन मुम्बई पुग्नेहरूले सङ्घसँग सम्पर्क राख्नसक्ने बताएका छन्। उनका अनुसार मुम्बईमा बसोबास गर्ने भारतीय गोर्खाहरूले मिलेर 2001 मा भारतीय गोर्खा एकता सङ्घ खोलेका हुन्।

वास्तवमा मुम्बईमा बसोबास गर्ने सबै जाति समुदायको आ-आफ्नै सङ्घ संस्था रहे तापनि भारतीय गोर्खाहरूको कुनै संस्था नभएकोले त्यसबेला यो सङ्घको स्थापना गरिएको थियो, जो सङ्घले स्थापनादेखि लगातार आफ्नो सामाजिक कार्यलाई अघि बढ़ाइरहेको छ।

“मुम्बईमा विभिन्न जात, समुदायका आ-आफ्नै सङ्घ-संस्थाहरू थिए, नेपालबाट आएका नेपालीहरूले पनि आफ्नै सङ्गठनहरू खोलेका छन्। तर, भारतीय गोर्खाहरूको आफ्नो एउटा पनि संस्था थिएन। यसैलाई ध्यानमा राखेर वर्ष 2001-मा मुम्बईमा भारतीय गोर्खाहरू मिलेर भारतीय गोर्खा एकता सङ्घ नाम दिएर एक संस्था खोलेका छन्, जसले विशेष दार्जीलिङ पहाड़, तराई, डुवर्स, सिक्किमका साथै वरिपरिबाट विशेष क्यान्सरको उपचारका लागि मुम्बई गएका रोगीहरूलाई सहयोग प्रदान गर्दै आइरहेको छ”, अध्यक्ष प्रधानले भने।

उनका अनुसार सङ्घले यो आफ्नै खर्चमा 6 वटा कोठाको क्यान्सर रोगी आवास केन्द्र पनि शुरु गरेका गरेको छ, जसमा सम्पूर्ण सुविधा उपलब्ध रहेको पनि प्रधानले बताएका छन्। जसको शुल्क अति नै निम्न राखिएको पनि उनले जानकारी गराएका छन्।

“मुम्बईको टाटा अस्पतालमा क्यान्सर रोगको उपचार गर्न आउने रोगीहरू सबै धनी मात्रै हुँदैनन्। धनी भए पनि उनीहरूलाई सही मार्गदर्शनको खाँचो पर्छ। यसैले यस क्षेत्रबाट क्यान्सर रोग उपचार गर्नका साथै अन्य कामले आएकाहरूलाई पनि यो सङ्घले सहयोग पुर्‍याउँदै आइरहेको छ”, उनले थपे, “यो संस्था वर्ष 2001-मा नै स्थापना भएको हो, तरै पनि अहिलेसम्म यतातिरबाट आएका क्यान्सर पीड़ित परिवारहरूले मुम्बईमा धेरैवटा असुविधाको सामना गर्न परिरहेका थिए। यसैकारण नै दार्जीलिङ पहाड़ी क्षेत्रका जनतालाई जानकारी गराउने उद्देश्यले दार्जीलिङ नै आएर हामी यसबारे अवगत गराएका हौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here