एचपीडब्ल्यूयूले सोध्यो –बन्सल कम्पनीका चियाकमानहरूमा यति धेरै समस्या किन?

0
1526

दार्जीलिङ, 15 दिसम्बर: बन्साल कम्पनीअधीनस्थ चियाकमानहरूमा देखिएका समस्याहरूलाई लिएर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-ले प्रश्न गरेको छ। बन्सल कम्पनीअधीनस्थ चियाकमानहरूमा मात्र यतिबिघ्न समस्या किन भन्ने प्रश्न गोरामुमोको छ।

यसैले यी समस्याहरूलाई लिएर भोलि अर्थात् सोमवारको दिन जोइन्ट फोरमले जिल्लापाललाई भेट गरी ज्ञापन सुम्पिने एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष  डीके गुरुङले बताएका छन्। जिल्लापाललाई चढ़ाउने ज्ञापनमा फोरमले बन्सल कम्पनीअधीनस्थ पहाड़का चियाकमानहरूमा देखिएका विविध समस्याहरू राख्ने बताइएको छ।

“आउँदो 22 दिसम्बरभित्र रहल 8 प्रतिशत बोनस दिनुपर्छ भनेर मार्च अप्रेलसम्म टार्नका लागि केही दिनलाई कमान बन्द गर्नका लागि नाटक गरेको हुनसक्छ”, उनले थपे, “तर बन्सल कम्पनीले त्यस्तो नसोच्दा हुन्छ। हामी एचपीडब्ल्यूयू मात्र होइन जोइन्ट फोरम लागिपरेका छौं।”

उनले एचपीडब्ल्यूयूले पहाड़का चियाश्रमिकहरूकै लागि दिल्लीमुखी कार्यक्रम गरिरहेको पनि बताए। साथै दार्जीलिङ पहाड़का चियाश्रमिकहरूका लागि सांसद राजु विष्टले पनि राम्रो कार्य गरिरहेको दाबी गरे।

गुरुङका अनुसार यसै विषयलाई लिएर हिजो एचपीडब्ल्यूयू केन्द्रिय समितिको पाण्डम चियाकमानमा सभा बसियो थियो। यसअवसरमा उक्त चियाकमानहरूमा रहेका समस्याहरूबारे एचपीडब्ल्यूयूका पदाधिकारीहरूले श्रमिकहरूसँग कुराकानी गरेको पनि बताइएको छ।

उल्लेखनीय छ, पहाड़मा बन्सल कम्पनीका 14 वटा चियाकमान छन्। यी 14 वटै चियाकमानको अवस्था सङ्कटमय छ। विशेषगरी कम्पनीले श्रमिकहरूलाई न  समयमै वेतन भुक्तान गरिरहेको छ न त राशन र अन्य सहुलियतनै सुचारू दिनसकिरहेको छ।

यसका साथै कम्पनीले श्रमिकहरूको भविष्यनिधि कोषको पैसा पनि समयमा नबुझाइरहेको बताइएको छ। यी समस्याहरूलाई घरी घरी श्रमिक सङ्गठनहरूले उठाइरहे तापनि समस्या जस्ताको त्यस्तै छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here