सिलगढ़ीमा कङ्ग्रेसद्वारा अमित शाहको पुत्ला दहन

0
1057
नागरिक समाजद्वारा मङ्गलवार निकालिइएको ऱ्याली।

सिलगढ़ी, १७ दिसम्बर: नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-विरुद्ध आक्रामक देखिएको कङ्ग्रेसले मङ्गलवार सिलगढ़ीमा केन्द्रिय गृहमन्त्री अमित शाहको पुत्ला जलायो।

उल्लेखनीय छ, केही दिनअघि मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-को युवा एकाइ डीवाईएफआईले पनि सीएए र एनआरसीको विरोधमा गृहमन्त्री शाहको पुत्ला जलाएको थियो।

आज पुत्ला जलाउनअघि एनआरसी र सीएएविरुद्ध सिलगढ़ी विधानसभा युवा कङ्ग्रेसको तर्फबाट शहरमा एक धिक्कार ऱ्याली निकालेको थियो।

बाक्लो सङ्ख्यामा कङ्ग्रेस कार्यकर्ताहरू उपस्थित रहेको उक्त शुरु शहरको भेनस मोडस्थित पार्टी कार्यालयअघिबाट शुरु भएको थियो भने शहरको परिक्रमा गरेर पुनः भेनस मोडमा नै आएर ऱ्याली समापन भयो।

ऱ्याली समापन हुनअघि कङ्ग्रेस कार्यकर्ताहरूले गृहमन्त्रीको पुत्ला जलाएर सीएए, एनपीआर र एनआरसीको विरोध जनाए। यसैबीच आज सिलगढ़ीका कतिपय नागरिक समाजले पनि सीएए र एनआरसीविरुद्ध एक धिक्कार ऱ्याली निकाले। यो ऱ्यालीमा बाक्लो सङ्ख्यामा मानिसहरू सहभागी बनेका थिए। ऱ्याली स्थानीय कञ्चनजङ्घा स्टेडियमबाट शुरु भएको थियो भने शहर परिक्रमा गरी पहिलाकै स्थानमा आएर समापन गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here