चितुवाको आक्रमणमा युवतीको मृत्यु

0
1374
साङ्केतिक तस्वीर।

सिलगढ़ी, १७ दिसम्बर: पछिल्ला केही महिनायता डुवर्सका चियाकमान क्षेत्रहरूमा चितुवाको आतङ्क अत्यधिक बढ़ेको छ। यसैक्रममा मङ्गलवार बिहानै डुवर्सको वीरपाड़ा खण्डअन्तर्गत तुलसीपाड़ामा चितुवाले एक युवतीलाई मारेको घटना प्रकाशमा आएको छ। जानकारीका अनुसार यो घटना आज सखारै वीरपाड़ा खण्डअन्तर्गत पर्ने तुलसीपाड़ामा भएको हो। चितुवाको आक्रमणमा परी ज्यान गुमाउने युवतीको नाम गीता प्रजा (१९) हो।

जानकारीका अनुसार ती युवती गरगण्डानिवासी हुन्। आज बिहानै आफ्ना दुई साथीसँग दाउरा खोज्न गएकी गीतामाथि चितुवाले एक्कासी आक्रमण गरेको बताइएको छ। उनका दुई साथी चितुवाको आक्रमणबाट बाँचेर भाग्न सफल भए तापनि गीता भने भाग्न सकिनन्।

अर्कोतिर, राज्यका वनमन्त्री राजीव ब्यानर्जीले मृतकका परिवारलाई क्षतिपूर्ति राशि दिने आश्वासन दिएको पनि जानकारी पाइएको छ। यो घटनाले क्षेत्रका मानिसहरू त्रसित बनेका छन्। किनभने पछिल्ला केही समययता डुवर्सका विभिन्न क्षेत्रमा चितुवाले मान्छेमाथि आक्रमण गरेका एकपछि अर्को घटना प्रकाशमा आइरहेको छ, जसमध्ये केही मानिसले आफ्नो ज्यानसमेत गुमाइसकेका छन्।

उल्लेखनीय छ, पछिल्लो १ दिसम्बरको दिन जलपाइगढ़ी जिल्लाको मैनागढ़ीमा वन विभागका कर्मचारीलगायत १० जना मानिसमाथि चितुवाले गरेको थियो।

चितुवाको आक्रमणमा पर्नेहरूमा बेलाकोबा फरेस्टका रेञ्जर तथा नर्थ बेङ्गल टास्क फोर्सका प्रमुख सञ्जय दत्ता पनि थिए। त्यसदिन दत्ताकै नेतृत्वमा ती वनकर्मीहरू उत्पाद मच्चाइरहेको चितुवालाई पक्रन मैनागढ़ी पुगेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here