बोनसको मागमा पोस्टरिङ, सोमवारसम्म नदिए धरना गर्ने

0
1284
बोनसको माग गर्दै बदमताम चियाकमानका श्रमिकहरूद्वारा टाँसिएको पोस्टर।

दार्जीलिङ, २१ दिसम्बरः पछिल्लोपटक कोलकातामा सम्पन्न त्रिपक्षीय बैठकमा दोस्रो किस्तीको बोनस २२ दिसम्बरभित्र भुक्तान गरिने भनिए तापनि पहाड़का धेरजसो चियाकमानका श्रमिकहरूलाई बोनस भुक्तान नगरिएको जानकारी पाइएको छ।

अब दोस्रो किस्तीको म्याद केवल एकदिन अर्थात् भोलि भोलिको समय मात्र छ। तथापि भोलि आइतवार रहेकोले भोलि बोनस दिने सम्भावना नै छैन। यसैले पछिल्लो बैठकमा सबै चियाकमानले २२ दिसम्बरभित्र बोनस दिइसक्नुपर्ने भनी दिएको म्याद फेल खाने स्पष्ट छ।

यसैबीच, आजको दिनसम्म पनि दोस्रो किस्तीको बोनस भुक्तान गर्ने कुनै सुरसार नगरेकोपछि  शनिवार बदमताम चियाकमानमा श्रमिकहरूले पोस्टर अभियान शुरु गरेका  छन्। यदि आगामी सोमवारसम्म पनि यो बाँकी बोनस भुक्तान नगरिए मङ्गलवारदेखि दैनिक बिहान २-३ घण्टा कमानको कार्यालयअघि धरना बस्ने श्रमिक सङ्गठन नेता अर्पण विश्वकर्मले चेताउनी दिएका छन्।

बदमताम चियाकमान क्षेत्रमा टाँसिएका पोस्टरहरूमा जनताले आफ्नो काम पूरा गरेकोले मालिकपक्षले पनि चियाश्रमिकहरूलाई समयमा नै खर्च, राशिन, बोनस आदि भुक्तान गर्नुपर्ने माग गरिएको छ। “प्रबन्धक तथा कम्पनीले चियाश्रमिकहरूसित खेलाँची गर्न पाउँदैन’’, पोस्टरमा भनिएको छ।

यसरी नै अर्को पोस्टरमा भनिएको छ, “श्रमिक सङ्गठन, राज्य सरकार अनि चियाकमानका मालिकपक्षमाझ भएको सम्झौताअनुसार, २२ दिसम्बर २०१९-भित्र रहल ८ प्रतिशत दरको बोनस भुक्तान गरिसक्नुपर्ने थियो। तर आज २१ दिसम्बर शनिवारर अनि भोलि २२ दिसम्बर आइतवार आइसकेको छ। तर अझैसम्म पनि यहाँ यो बाँकी ८ प्रतिशतको बोनस भुक्तान गर्ने कुनै सुरसार भएको छैन।’’

यसबारे चियाकमानका प्रबन्धकवर्गलाई सोध्दा अहिलेसम्म मालिकपक्षले पैसा एकाउण्टमा नहालेको जवाफ दिइरहेको उनको भनाइ छ। “यसैले आगामी सोमवार 23 दिसम्बरसम्म पनि यो बाँकी बोनस चियाश्रमिकहरूलाई भुक्तान नगरिए मङ्गलवारदेखि दैनिक धरना प्रदर्शन गरिनेछ’’, विश्वकर्मले भने।

अर्कोतिर, बोनसलाई लिएर भोलि जोइन्ट फोरमले छलफल गर्ने बताइएको छ। छलफलपछि जोइन्ट फोरमका पदाधिकारीहरूले पत्रकार सम्मेलन गर्ने पनि सम्भावना छ। जानकारीका अनुसार पहाड़का केही चियाकमानहरूमा दोस्रो किस्तीअन्तर्गत रहल ८ प्रतिशत बोनस दिइसकेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here