ममतालाई उच्च न्यायालयबाट झट्का, सीएए-एनआरसीविरोधी विज्ञापनमाथि रोक

0
1327
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, 23 दिसम्बरः कोलकाता उच्च न्यायालयले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का दिएको छ।

सोमवार उच्च न्यायालयले नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरुद्ध बङ्गाल सरकारको सीएए र एनआरसी लागू नगर्ने विज्ञापनमाथि रोक लगाएको छ।

उल्लेखनीय छ, ममताले टीभी च्यानलहरूमा नागरिकता कानून लागू नगर्ने विज्ञान दिएकी थिइन्।

स्मरणरहोस्, पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले सीएए र एनआरसीको लगातार चर्को विरोध गरिरहेकी छन्।

उनले पछिल्लो 16 दिसम्बरको दिन सीएए र एनआरसीविरुद्ध मध्य कोलकाता क्षेत्रमा एक विराट् जुलूसको नेतृत्व गरेकी थिइन्। जुलूसमा बाक्लो सङ्ख्यामा मानिसहरूले भाग लिएका थिए।

त्यसदिन उनले एनआरसी र सीएएलाई राज्यमा लागू गर्न अनुमति नदिने सङ्कल्प गरेकी थिइन्। यसका साथै उनले एनआरसी र सीएएलाई लिएर प्रतिदिन मोदी सरकारको तीखो शब्दमा आलोचना गर्दै आइरहेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here