राँची, 23 दिसम्बरः अपराह्न 3 बजेसम्मको रूझानमा झारखण्ड मुक्ति मोर्चा (झामुमो) र कङ्ग्रेस गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ भने भारतीय जनता पार्टी सत्ताबाट चित् भएको छ।
रूझानका अनुसार झामुमो-कङ्ग्रेस गठबन्धन 26 सीटमा अघि छ। त्यहीं भाजपा 24 सीटमा अघि छ। अन्य 11 सीटमा अघि छ।
81 सीटको झारखण्ड विधानसभा सभा चुनाउमा नराम्रो घतले चित् भएको भाजपाले यो एक वर्षमा 5 राज्य गुमाइसकेको छ। भाजपाको गलत नीतिविरुद्ध झारखण्डका जनताले मतदान गरेको कङ्ग्रेसका वरिष्ठ नेता मल्लिकार्जन खड़्गे बताएका छन्।
अर्कोतिर रूझानमा स्पष्ट बहुमत प्राप्त भएलगत्तै कङ्ग्रेस-झामुमो कार्यकर्ताहरू उत्सव मनाउन थालेका छन्।