दार्जीलिङका छोरा हर्षवर्धन शृङ्ला विदेश सचिव नियुक्ति

0
1874
नवनियुक्त विदेश सचिव हर्षवर्धन शृङ्ला।

नयाँ दिल्ली, 24 दिसम्बरः दार्जीलिङका छोरो हर्षवर्धन शृङ्ला देशका नयाँ विदेश सचिव नियुक्त भएका छन्।

अनुभवी राजनयिक शृङ्लालाई सोमवार नयाँ विदेश सचिव नियुक्त गरिएको हो।

उनको कार्यकाल दुई वर्ष रहनेछ। यी दार्जीलिङे छोरो शृङ्लाले वर्तमान विदेश सचिव विजय गोखलेको स्थान लिनेछन्।

जानकारीका अनुसार उनले  आउँदो 29 जनवरीको दिन विदेश सचिवको पदाभार ग्रहण गर्नेछन्।

1984 ब्याचको भारतीय विदेश सेवा (आईएफएस)-का अधिकारी हर्षवर्धन शृङ्ला वर्तमानमा अमेरिकाका राजदूत छन्।

उनलाई भारतका छिमेकी मामिलाका विशेषज्ञ मानिन्छन्।  मन्त्रिमण्डलको नियुक्ति समितिले नयाँ विदेश सचिवका यी दार्जीलिङे छोरोको नियुक्तिलाई स्वीकृति दिएको छ।

यस सम्बन्धमा जारी एक सरकारी आदेशमा उनले 29 जनवरीको दिन नयाँ भूमिकाको पदभार ग्रहण गर्ने बताइएको छ।

यसभन्दा एक दिनअघि अर्थात् 28 जनवरीका दिन वर्तमान विदेश सचिव विजय गोखलेको कार्यकाल पूरा हुनेछ।

राजनयिक अधिकारीको रूपमा आफ्नो 35 वर्षको कार्यकालअवधि शृङ्लाले नयाँ दिल्ली र विदेशमा विभिन्न पदमा रहेर सेवा पुर्‍याइसकेका छन्।

यसभन्दा उनी उनी बङ्ग्लादेशमा भारतका उच्चायुक्त र थाइल्याण्डमा भारतका राजदूत रहिसकेका छन्।

यसका साथै उनले फ्रान्स, भियतनाम, इजरायल र दक्षिण अफ्रिकामा पनि सेवा पुर्‍याइसकेका छन्।

विदेश मन्त्रालयको मुख्यालय शृङ्लाले संयुक्त सचिवको  रूपमा बङ्ग्लादेश, श्रीलङ्का, म्यान्मार र मालद्वीपसँगको भारतको सम्बन्धको देखरेख गरेका थिए।

साथै मन्त्रालयमा उनी संयुक्त राष्ट्र राजनीतिक र सार्क डिभिजनका प्रमुख रहिसकेका छन्।

यसभन्दा अघि उनले नेपाल र भूटानसँग सम्बन्धित उत्तरी डिभिजनका निर्देशका रूपमा सेवा पुर्‍याएका थिए।

स्मरणरहोस्, शृङ्लाले पछिल्लो सेप्टेम्बर महिनामा ह्यूस्टनमा हाउडी मोदी कार्यक्रम’-को आयोजनमा प्रमुख भूमिका निर्वाह गरेका थिए, जुन कार्यक्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपले प्रवासी भारतीय समुदायलाई सम्बोधन गरेका थिए।

हर्षवर्धन शृङ्लाको उपलब्धिले पहाड़वासी धपक्क बलेका छन्: विनय

दार्जीलिङ पहाड़का एकजना छोरा हर्षवर्धन शृङ्ला देशका विदेश सचिवको रूपमा नियुक्ति भएर दार्जीलिङ पहाड़कै लागि गौरवमय उपलब्धि हासिल गरेको गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बताएका छन्।

यसका साथै देशकै एक उच्च र विशिष्ट पदमा आसीन भएकोमा पहाड़वासीको पक्षमा विनयले उनलाई शुभकामना पनि प्रकट गरेका छन्।

हर्षवर्धन शृङ्ला दार्जीलिङ पहाड़का छोरा हुन् भने उनीभन्दा अघि उनकी फुपू छोक्किला लायरले पनि 2001-मा भारतकी विदेश सचिवको रूपमा देशलाई विशिष्ट सेवा प्रदान गरी भारत देशकै प्रथम महिला विदेश सचिवको उपाधि पनि पाइसकेकी छन्’, विनयले विज्ञप्तिमा थप भनेका छन्, ‘आफ्नो फुपूकै मार्गअनुसरण गर्दै हर्षवर्धन शृङ्लाले पनि विदेश सचिवको गरिमामय पदभार सम्हालेर पहाड़वासीलाई गौरान्वित तुल्याएका छन्। पहाड़का छोरो हर्षवर्धन शृङ्लाको यो गरिमामय उपलब्धिमा समग्र पहाड़वासी गौरवले धपक्क बलेका छन्।

उनले विज्ञप्तिमा थप लेखेका छन्, ‘महाकाल बाबाको आशीर्वाद रहेको दार्जीलिङ पहाड़ले अहिलेसम्म धेरैजना विभूति जन्माइसकेका छन्, जसले देश निर्माणको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here