सीएए र एनआरसीविरोधी ऱ्यालीमा सहभागी बन्न ममता सिलगढ़ी आउने

0
1096

सिलगढ़ी, 26 दिसम्बरः आउँदो 3 जनवरीको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढ़ी आउनेछिन्।

तृणमूल कङ्ग्रेसले सिलगढ़ीमा नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोधमा आयोजना गरेको विरोध र्‍यालीमा भाग लिनका लागि उनी  त्यस दिन  सिलगढ़ी आइरहेकी हुन्।

बिहीवार सिलगढ़ीको सिलगढ़ीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तृणमूल कङ्ग्रेस दार्जीलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारले सिलगढ़ीमा तृणमूल कङ्ग्रेसले सीएए र एनआरसीको विरोधमा आउँदो 3 जनवरीको दिन आयोजना गरिएको महार्‍यालीमा  मुख्यमन्त्री उपस्थित रहने पुष्टि गरे।

सरकारका अनुसार उक्त दिनको र्‍यालीलाई मुख्यमन्त्री एवं पार्टी सुप्रिमो ममता ब्यानर्जीले नै अगुवाइ गर्नेछिन्। उनले थप  बताएअनुसार शहरको तीनपत्ती मोड़बाट निकालिइएको उक्त र्‍यालीले शहर परिक्रमा गर्नेछ।

तृणमूल कङ्ग्रेसले सीएए र एनआरसीविरुद्ध शहरमा निकाल्ने यो विरोध र्‍यालीलाई  पछिल्लो 24 दिसम्बरको दिन भारती जनता पार्टीले सीएएको समर्थनमा निकालेको अभिनन्दन र्‍यालीको काउण्टर हुनेछ। किनभने उक्त दिन भाजपाले निकालेको अभिनन्दन र्‍यालीमा हजारौं मानिसहरूले सहभागी जनाएका थिए।

यसैले तृणमूल कङ्ग्रेस दार्जीलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारले भाजपाको अभिनन्दन र्‍यालीमा सहभागी मानिसहरूको सङ्ख्याप्रति कटाक्ष गरेका छन्।

र्‍यालीमा भाड़मा बाहिरबाट समर्थक र कार्यकर्ता ल्याउने छैनौं। यसमा सिलगढ़ी र जलपाइगढ़ी जिल्लाका तृणमूल समर्थकहरू सहभागी हुनेछन्”, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here