एकैजना गोर्खा पनि डिटेन्शन सेन्टरमा छैनन्, शान्ता छेत्रीले बोल्नअघि सत्यता जानून् : किशोर उपाध्यय

0
1546
किशोर उपाध्यय (फाइल फोटो)।

दार्जीलिङ, ३० दिसम्बरः तृणमूल कङ्ग्रेसकी राज्यसभा सांसद शान्ता छेत्रीले असमका बारेमा केही बोल्नअघि तथ्य र जमिनी सत्यता बुझेर मात्र बोल्ने भारतीय जनता पार्टी (भाजपा) असम प्रदेश सचिव किशोर उपाध्ययले सुझाएका छन्।

केही दिन अघि असमका सातवटा डिटेन्शन सेण्टरमा एनआरसीबाट छुटेका एक लाख गोर्खा रहेको बयान दिएकी थिइन्।

यसै बयानको तीखो शब्दमा खण्डन गर्दै भाजपा सचिव उपाध्ययले भने, “असमका बारेमा केही बोल्नअघि शान्ता छेत्रीलाई यहाँका सत्यता थाह हुनुपर्छ। केही नजानीकनै यसरी असमका गोर्खाबारे बयान दिनु निन्दनीय र आपत्तिजनक कुरा हो। उनलाई असमका बारे केही नै थाह छ र?’’

किशोर उपाध्ययले छेत्रीको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठाएका छन्। साथै अहिलेसम्म डिटेन्शन सेन्टरमा एकैजना पनि गोर्खा नरहेको स्पष्ट पारे।

“सीएएको फुलफर्मसमेत थाह नहुने र घरी घरी गल्ती कुरा सार्वजनिक रूपमा बयान दिने शान्ता छेत्री कसरी राज्यसभा सांसद भइन्। म अचम्भित भएको छु”, उनले थपे, “उनीभन्दा योग्य त असम पञ्चायत अध्यक्षहरू छन्। यसैले जे पायो त्यो बोल्नअघि राम्ररी अध्ययन गरेको राम्रो हुनेछ।”

उल्लेखनीय छ, २८ दिसम्बरको दिन नागरिक संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोधमा हिल तृणमूलद्वारा आयोजित विरोध ऱ्यालीलाई सम्बोधन गर्दै राज्यसभा सांसद शान्ता छेत्रीले एनआरसीबाट छुटेका असमका एक लाख गोर्खा त्यहाँका सातवटा डिटेन्शन सेन्टरमा रहेको बताएकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here