पानीट्याङ्कीबाट बङ्ग्लादेशी नागरिक पक्राउ

0
1488
पक्रा परेका बङ्ग्लादेशी नागरिक।

सिलगढ़ी, ४ जनवरीः सशस्त्र सीमा बल (एसएसबी)-ले भारत-नेपाल सीमा पानी ट्याङ्कीबाट एक बङ्ग्लादेशी नागरिक पक्राउ गरेको छ।

जानकारीका अनुसार एसएसबीको ४१औं बटालियनका जवानहरूले ती बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेका हुन्।

एसएसबीका अनुसार भारतीय भूमि भएर नेपाल छिर्ने कोशिश गरिरहेका मोहम्मद इमरान हवलदारलाई एसएसबी जवानहरूले शनिवार बिहान पक्राउ गरेका हुन्। इमरानसँग कुनै वैध कागज-पत्र नरहेको तथा बिनादस्तावेज नेपाल छिर्ने कोशिश गरिरहेको अवस्था पक्राउ गरिएको एसएसबीले बताएको छ।

एसएसबीका अनुसार पक्रा परेका बङ्ग्लादेशी नागरिक मोहम्मद इमरान ढाकानिवासी हुन्। एसएसबीले थप केरकार र अनुसन्धानका लागिका लागि उनलाई खोरीबारी पुलिस थानामा सुम्पिएको छ।

थप जानकारीका अनुसार दलालमार्फत् अवैध रूपमा भारत छिरेका उनले भारत-नेपाल सीमा पानीट्याङ्कीबाट नेपाल छिर्ने योजना बनाएका थिए।

उल्लेखनीय छ, दुई दिन अघि मात्र सशस्त्र सीमा बलले भारतीय भूमि भएर अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका दुई बङ्ग्लादेशी नागरिक पक्राउ गरेको थियो।

एसएसबीको ४१औं बटालियनका जवानहरूले डाङ्गुजोत क्याम्पअन्तर्गत् भारत-नेपाल सीमा चौकीमा रूटिन चेकिङअन्तर्गत दुई बङ्ग्लादेशी नागरिक पक्राउ गरेका थिए। पक्रा पर्ने बङ्ग्लादेशी नागरिकसँग कुनै वैध कागज-पत्रहरू थिएनन्। एसएसबीका अनुसार चेङ्ग्राबाँधाबाट भारत छिरेका दुवै बङ्ग्लादेशी नागरिक नेपाल पस्ने कोशिशमा थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here