नयाँ दिल्ली, ६ जनवरीः पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पदबाट हटाउने माग गर्दै सर्वोच्च न्यायालयमा एक याचिका दर्ता गरिएके छ।
यो याचिका सर्वोच्चमा सोमवार दर्ता गरिएको हो। वास्तवमा नागरिकता संशोधन अधिनियम (सीएए)-विरुद्ध दिएको विवादास्पद बयानलाई लिएर सर्वोच्चमा याचिका दर्ता गरिएको बताइएको छ।
उल्लेखनीय छ, १९ दिसम्बरका दिन बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सीएएको विरोधमा निकालिइएको ऱ्यालीलाई सम्बोधन गर्दै सीएएका लागि संयुक्त राष्ट्रको निगरानीमा जनमत सङ्ग्रह गर्नुपर्ने माग गरेकी थिइन्।
यद्यपि यो बयानको तीव्र निन्दा भएपछि ममताले यूटर्न गरेकी थिइन्।याचिकामा ममतालाई मुख्यमन्त्री पदबाट हटाउनका लागि राज्यपाललाई निर्देश दिने माग गरिएको छ।
‘नागरिकता संशोधन अधिनियमलाई लिएर संयुक्त राष्ट्रको निगरानीमा जनमत सङ्ग्रहको माग गर्ने ममता मुख्यमन्त्री पदमा बसिरहन सक्दिनन्’ , याचिकामा भनिएको छ।
यसका साथै याचिकामा बङ्गालकी मुख्यमन्त्रीको यस्तो बयानलाई देशको सम्प्रभुता र अखण्डताविरोधी बयानको संज्ञा दिइएको छ।
molai dherei khusi laegw I am so very happy